नेमकिपाको आधार क्षेत्रमा रास्वपाको संगठन ः कुन वडामा कोको भए अध्यक्ष ?


2025-02-15 05:11:23

News Image

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) काे आधार क्षेत्र भक्तपुर नगरपालिकाकाे १० वटै वडामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार भएकाे छ । शनिबार रास्वपाकाे भक्तपुर जल्ला कार्यालयमा भक्तपुर नगर समितिले संयुक्त वडा भेला आयाेजना गरि १० वटै वडामा संगठन विस्तार गरेकाे हाे ।

रास्वपा केन्द्रीय सदस्य एवं प्रमुख सचेतक सन्ताेष परियारकाे प्रमुख अतिथिमा सम्पन्न भेलाले वडा १ काे संयाेजकमा कुमार दुवाल चयन गरेकाे छ । यस्तै, वडा २ मा कृष्ण सुन्दर सैजु, वडा ३ मा नारायण प्रसाद शिल्पकार, वडा ४ मा संजय जाेन्छे, वडा ५ मा सुमन शिल्पकार, वडा ६ मा दिल भक्त सुवाल, वडा ७ मा जय गाेपाल कायस्थ, वडा ८ मा मदन तामराकार, वडा ९ मा जयराम प्रधान र वडा १० मा विकास फाेजु संयाेजक चयन गरेकाे छ । भेलामा रास्वपा भक्तपुर जिल्ला सभापति रामेश्वर बस्नेत, युवा नेता साजन विश्वकर्मा, जिल्ला सचिव रूकेश रन्जितकार, चाँगुनारायण नगर सभापति राेशन थापा लगायतका उपस्थित रहेकाे थियाे ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *