साङ्गामीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत
माघ २९, २०८१, मङ्गलबार | दिउँसो ०३:१३ बजे | 120
नेपाल क्षयरोग निवारण संस्था, भक्तपुर शाखाको १२ औँ अधिवेसन तथा ४५ औँ जिल्ला सभा आज सम्पन्न भएको छ । अधिवेसनले हिरण्यप्रताप साङ्गामीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत सर्वसम्मत निर्वाचित गरेको छ । जिल्लाका सभापति पुष्पलाल तिमिलाको सभाध्यक्षतामा सम्पन्न उक्त अधिवेसनमा प्रमुख अतिथि एवम् नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज महेन्द्रगोपाल कर्माचार्य, अतिथिहरू राष्ट्रीय क्षयरोग नियन्त्रण केन्द्रका प्रशासकिय उपसचिव पुस्कर थापा, प्याब्सन भक्तपुरका निवर्तमान अध्यक्ष सुरेन्द्र श्रेष्ठ, संस्थाका प्रशासकिय अधिकृत रामकाजी कार्की, निर्वाचन अधिकृत गजेन्द्र तिमिला लगायतका वक्ताहरूले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव सुमन श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तब्य उपसभापति सुरेश प्रधानले राख्नुभएको थियो । आज सम्पन्न अधिवेसनबाट निर्वाचित कार्यसमिति देहाय अनुसार रहेको छ । सभापति - हिरण्यप्रताप साङ्गामी उपसभापति - राजेश्वरी शिल्पकार सचिव - विजय कर्माचार्य कोषाध्यक्ष - कृष्णदास कायस्थ सह-सचिव - रत्नालक्ष्मी भैल सदस्य - सुमन श्रेष्ठ - सानुकाजी त्वायना - मनोहरदास कारञ्जित - दिनेश चरण श्रेष्ठ - मेनुका भाषिमा - बाबुकृष्ण रञ्जित