म जन्मेको घर
माघ २९, २०८१, मङ्गलबार | विहान ०४:३१ बजे | 105
कुमार लघु,ख्वप
धन्य मेरो जन्मदाताहरू, मलाई यो पृथ्वीमा पर्दापन गर्न गराउन दुःख कष्ट सहेर सम्हालेर पढाई,कृषि खेती गरेर जन्माई हुर्काई मेरो जन्म दिने आमा बुबालाई लाख ढाेग छ। मेराे वाजे वजैलाई ढोग छ। मलाई जन्म दिन्दा मेरा फुपूहरू निकै खुसीले हर्षाेउल्लासले खुसी थियो रे । मेरो परिवारमा ठूलो जेठा मै एकजना मात्र थियाे । घर सम्पत्ति मेरो बुबा एकलै थियो । समय वित्दै गयो समयले परिवर्तन गरे । मेराे जन्मले आर्को ४ वहिनीहरू र ३ भाइ गरि ८ जना सन्तान मेरो बुबा र आमाको सन्तानहरू भएको पाईयो। मेराे बुबा र आमा सन्तानको सहयाेग साथले खुसी थियो । भाइ बहिनीहरू मेरो शिक्षा पहिले बासु मा. वि चण्डेश्र्वरी स्कूल, शारदा माविमा सेकेण्डरी स्कुल,व्यासी यलाछेमा सम्मको र कलेज ११ र१२ मा नेपाल कमर्श कलेज मिन भवनमा काठमाण्डाै गरे ।बिबिएस त्यही नै भए खुड्किला चढे । केही समय ग्यापमा वसेर फेरि B.ED. सानो ठिमी कलेजमा अध्ययन गरे र M.ED. पनि सानो ठिमी क्याम्पसवाट EPM विषय लिई क्याम्पस पढ्न सिध्याए । मेरो बाबा आमा खेतीपातीका धनी थिए। साग धान, आलु, गहुँ,प्याज ,तरकारी उत्पादन गर्न सिपालु थियो। अब यता मेरो मूल विषयमा प्रवेश गर्ने तरखरमा छु । भाइ बहिनीहरू आफ्नो विषयमा आफैले लेखेर दु:ख सुख वाँडनु पर्छ। मेराे भनाई बाबू नानीहरूले समय मै शिक्षित र ग्राजुयशन गर्नु पर्छ । पिचडि गर्न वाकी राख्नु हुन्दैन् । कम उमेर मै प्रोफेसर वन्नु पर्छ । अहिले त नानी बाबुहरू शिक्षामा अग्रसर हुनुपर्छ । कोही भन्दा कम हुनु हुन्दैन् । आफू वस्ने घर गतिलो वस्न योग्य वनाउनु पर्छ। दाइ भाइ दिदी बहिनीहरूसित मेलमिलाप गरेर जीवन विताउनु पर्छ। घर त वनाई आ आफू नै वस्ने हाे । घर त नवनाई हुन्दैन् ल । जग्गा धितो राखेर ऋण लिएर वनाउनु पर्छ । घर आवास सुत्न वस्न अति आवश्यक छ। घर त हाम्रो आफ्नै दरवार हो । यो पालि समय मै घर त निर्माण गर्न पर्छ । सबैको सहयोग लिनु पर्छ । घर भए आनन्दले लेख पढ् आराम गर्न पाईछ। खाना पकाई परिवारसित हाँस खेल गर्न पाईछ। आजकल खेत जग्गा भन्दा नि घर चाहिन्छ । घर पनि किन वेच गर्न सकिन्छ । घर किन्नु भन्दा आफ्नै जग्गामा बनाउनु बेस हो। वसाई सर्नु हुन्दैन् । आफ्नै जन्मस्थान प्याराे वनाएर वस्नु जाति है भाइ बहिनीहरू । आफ्नो वेचेर अर्काको ठाउँमा गए किनेर वस्नु र घर वनाउन जान्नु नि अप्थारो हुनेछ । नयाँ ठाउँमा घुलमिल हुनलाई समय लाग्छ । यसरी जानू भनेकाे मुग्लान जान्नु जस्तै हो। जात गोत्र संस्कार सँस्कृति रहनसहन आदि इत्यादि मिल्नु पर्छ है । कोही आफ्नाे श्री सम्पत्ति वेचेर वसाई सर्न खोज्नु लाग्नु भएको छ भने एक पटक त विचार गर्नुस् । आमा बुबा नातागोता इष्टमित्र सबै छुट्छ । अब आयाे भोज भटेर गर्न पर्दा पो त्यो समस्या देख्ने रहेछ। आफूले त्यो समस्या बेहोर्न नपर्ने गरीकन घर आवास वनाउनु पर्छ । पैसाले इष्ट मित्रहरू वसाई सारेर लान सकिन्दैन् । अरू पनि ठुल ठुल्ला समस्याहरू छन् । बलियो छदा त हेलिकोप्टर चार्टर गरेर जान आउन सकिन्छ । अलि बुढ्याैलि वर्षमा कठिन त्याहाँ नेर आउने हुन्छ । हेर्नुस् भ-र्याङ त तल माथी गर्न अप्थारो आउने वेलाको समयलाई अहिले नै विचार गरेर घर निर्माण गर्नु र गराउनु राम्रो हो । विरामी पर्दा आमा बाबालाई हेरचाह गर्न नि नजिक हुनुपर्छ है ।सबैकाे आमा बुबा त पकै जरूर हुन्छन् । अहिलेकाले त कति मात्र मैले मात्र हेर्ने भने जस्ताे लाग्ला आमा बुबालाई हेरविचार गर्न पाउनु त ईश्र्वारको प्रार्थना गर्न पर्दैन् है । भगवानले सन्तानहरू सुरक्षा होस् भनेर आमा बुबाले नै आश्रिवाद दिने छ। तपाईसित समय छ भन्ने श्रवण- कुमारको कथा पनि पढ्नु होला । यो कथा पढेर शेयर गर्नु होला । अन्तमा यो कथा पढेर सुझावहरू म लेखकलाई दिनु होला ।धन्वयवाद