अनेक समस्याहरू....
माघ २८, २०८१, सोमबार | विहान ०४:३३ बजे | 45
कुमार लघु,ख्वप
भाइबहिनीहरू नमस्कार, आज मैले व्यबहारिक जिवनमा आउने समस्या वा झंन्झटवाट मुक्त हुने विषयमा विचार राख्ने र समाधानको उपायमा निरन्तर लाग्नु पर्छ सल्लाहमा सल्लाह दिने मनसाय रहेको चाहे । अब म मूल विषयमा प्रवेश गर्न चाहान्छु । जिवनमा अनेक समस्याहरू आउँछन् । अनेक समस्याहरूसित जुढ्ने बल जुक्ति र समाधानको सोच योजना आफूसित हुनुपर्छ। समस्या आउँछ समाधानको बाटाे राेज्नु पर्छ। समस्याहरू आउँन्दै गर्छ । हरेक समस्याको समाधानको उपायहरू छन् । मन हडवडाउँनु हुन्दैन् । सोच विचारको आवश्यकता छ । जिवनमा समस्या आउनु भनेकै हामीलाई समाजले छिमेकले वातावरणले र आफन्तहरूले चुनाैती दिईरहेको ठानेर कदम चाल्नु पर्छ । समस्यामा दिमागले सोच्नु पर्छ । समाधान गर्न अनेक उपाए भएकोले विभिन्न टप्काका आफन्तहरूसित विव्दत वर्गहरूसित राय सल्लाह लिने दिने गर्नु उचित हुन्छ। विभिन्न व्यक्तिहरूसित छलफलको आधारमा अगाडि वढ्दा सजिलाे हुन्छ । रायसल्लाह सयाैसित लिनु पर्छ । उपयुक्त तरिकाले योजना वनाई अगाडि वढ्ने गर्नु समस्या समाधानको वाटाे राेज्नुपर्छ है भाइ बहिनीहरू । हामी कहिले पनि परिक्षामा अनुउत्तिर्ण भयो भनेर मनलाई कमजाेर ठानु हुन्दैन् । हिजाेको याेजनाले हामी असफल भएको निष्कर्ष लिएर आर्को याेजनाले परिक्षामा हामीले सफलतामा चुम्ने अवसर सदुपयोग गर्न सक्षम हुनु नै रोज्नु पर्छ । समस्याको वाटाे तय गर्ने जिड्डीपन नगर्नुस् । हामीमा लच्कता हुनुपर्छ । लचकताले मानिसलाई प्रतिष्ठित वनाउँछ। हामीले आँट सही कदम उठाउने गराै । समाधान नभएको समस्या हुन्दैन् । समाधान गरेर जिवनमा सफलता प्राप्त गर्नु नै समाधानको सकारात्क सोचको वरिपरि रहेर जिवनमा जिउने आँट राखेर जिवनको यात्रामा लागाै । भाइ बहिनीहरू कथा, घट्ना, निबन्ध, नियात्रा, नाटक हेरेर,गीत सुनेर र शिक्षा लिनु पर्छ । किताब कथा पढ्नु भनेको अनुभव लिनु पर्छ । एक आपसमा विचारहरू साथी भाइ र बहिनीहरूको निम्ति कापीमा र फेस बुकमा लेख्नु गर्नुपर्छ । कस्ताे लाग्छ पढेर विचार दिन सक्नु हुन्छ ।जसरी तरकारीको स्वादमा मसलाले स्वाद दिएको छ कि छैन् नून चर्को छ कि ? आफ्नाे विचार राख्नु हुन अनुरोध र शेयर पनि गर्नु हुन् अनुरोध छ । हसत् आजलाई विदा हुन्छु । धन्यवाद, २०८१/१०/२८