मध्यपुरथिमिले जित्यो ‘एशियन टाउनस्केप अवार्ड’
पुष ७, २०७७, मङ्गलबार | विहान ०५:१८ बजे | 70
ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुर्ननिर्माणमा पाएको सफलतालाई आधार मान्दै मध्यपुर थिमि नगरपालिका एशियन टाउनस्केप अवार्डबाट पुरस्कृत भएको छ ।
शहरी क्षेत्रको विकासमा सक्रिय युएन् हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले गत अगष्टसम्म भएको प्रगतिको समीक्षा गर्दै सो पुरस्कार प्रदान गरेको हो ।
प्रत्येक वर्ष दिईंदै आएको यस्तो सम्मान पाउने मध्यपुर थिमी नगरपालिका नेपालकै एक मात्र पालिका हो । योसँगै एशियाका १२ प्रतिस्पर्धी सम्मानित भएका छन् । दक्षिण कोरियाका ४, जापानका ३, चीनका २ र मलेसिया, नेपाल र थाइल्याण्डका एक एक वटाले यस्तो पुरस्कार प्राप्त गरेका हुन् ।