बाबु, आफ्नो घर वनाउन
कुमार लघु, ख्वप
हामी मानव जाती वस्न आवास निवास वा घर चाहिन्छ । ज्यान भएका पशु पंक्षी र मानवहरू वस्न घर गुँड चाहिन्छ । सबैले दुःख सुखसंगै जीवन विताउन रात प–र्याे कि टाउको विसाउन गुड् वा घर चाहिन्छ । जतिसुकै दुःख ऋण भएर नि वेलामै घर वनाई वा वनाएर ढुकसित वस्ने वातावरण वनाई राख्नुपर्छ ।
घर वनाउन खेत जग्गा सकिन्छ भनेर वसेर हुदैन् । सबैले खेत नै वचेर भूकम्पवाट क्षति भएको घर उठायो भाइ बहिनी छोरा नाति नातिनाहरू सम्पूर्ण परिवार मिलेर घर वेलामै वनाउनुपर्छ । एक ठाउँको नसकाई आर्काेतिर वनाउन सकिदैन् । यो भयो मैले सबैलाई सूर्यको घामको अगाडि मैनवत्ति बालेर देखाएको कुरा हो । सबैलाई सबैसित आ आफूलाई चाहिने जति वुध्दि दिमाग त छ नै कोही भन्दा पनि कमी छैन् । वेलामा हिराको खानीको सुन निकालेर सौन्दर्यता लिन सकेमात्र खानीको महत्व भए जस्तै, हाम्रो खेत जग्गा वा धनको महत्व हुन्छ । हामीले वेलैमा सोच्नु पर्छ । चारैतिरका छिमेक र सम्वन्धित निकायले घर वनाउनुस् र काम थाल्नुस् भनेर सपोर्ट र सहयोग भएको वेलामा काम गरेर अगाडि वढ्नु पर्छ ।
मानव जाती वशु पंक्षीले हुरी बतास, चिसो, तातोे अनेक डर धम्की, शत्रुवाट वच्न त आवास घर आवश्यक छ । परिवारले एक मत राखेर सुरक्षित गन्तव्य वनाउनु आवश्यक छ । आमा वुवाले पनि छोराछोरीहरूको निम्ति सुरक्षार्थ नै भविष्यलाई नियालेर भविष्यको सुरक्षाको निम्ति योजना राखेर घर अगाडि वनाउनु आमा वुवाको उद्देश्य हुन्छ । दाजुभाइ, काका काकी बुहारी छोराहरूले स्वार्थी हुनु हुदैन । हामीले काम गर्दा आफ्नोको साथै समाज देश र जनताको निम्ति निस्वार्थी भएर हितको निम्ति लागुपर्छ । समाज त स्वार्थी छ । कुनै काम गर्दा सबैको मत विचार दिने लिने गर्नुपर्छ । राय सल्लाह अनुसार थोरै यताउता पर्नु स्वभाविक छ । काम गर्दा होसियारी अप्नाएर अगाडि वढ्नु सबै पशुपंक्षी र मानव जातिको भलो हुन्छ । यो मेरा आमा बाबा वाजे र बजैले सानो छदै गरेको अहिले समसामयिक अवसरमा यहाँ कथाको रूपमा मैले जानेको र सिकिराखेको विचार प्रवाह गरेको छु । कथाले वुदि विचार दिमागले आफूलाई चाहिने लिने र दिने बेला आएर सुनाउने लेख्ने र आफ्नो तर्क दिने हो ।
मानव जाति राजनैतिक चेतनाले चेतित हुनुपर्छ । सामाजिक कार्यमा पनि लागेको हुनुपर्छ । मानिस आफ्नो निम्ति मात्र स्वार्थी वन्नु गलत हो । समाजमा आफ्नो इज्जत वनाई वस्नुपर्छ। दुःख गरे सुख हुन्छ । आफ्नो घर भए जिवनमा सुखले जिवनको आयु लामो हुन्छ । दाजु भाइ बुहारीहरू टोलको बजै बाजे आमा वुबा काका काकीहरू नानी बाबुहरू इष्टमित्रहरू निनी दिदी बहिनी साथी भाइहरूसित मिलेर बस्ने गरेको असल हो । पशुपंक्षी, हावापानी, माटो बोटविरूवालाई माया दिने लिने गर्नुपर्छ । सबैले मायाले वस्ने वातावरण हुनुपर्छ । मानव जातिले हो गर्ने गराउने है । कथालाई पढेर सकारात्मक शध्द वुध्दिमा उपयोग कार्यमा लागाउने जानेको वुध्दि पलाओस् ।
अन्तमा भाइ वहिनीहरूले काममा प्राथमिकता राखेर कार्य गरेर भविष्यको सुमार्ग चित्राङ्कण गर्न सकोस् भन्दै विदा हुन् चाहान्छु । पढेर शेयर पनि गर्न नभुल्नु होला । नमस्कार, धन्यवाद,
२०८१÷१०÷२६, भक्तपुर