साहित्य जनताको लागि


माघ २५, २०८१, शुक्रबार | दिउँसो ०२:५७ बजे | 100


साहित्य जनताको लागि

कुमार लघु ,ख्वप

साहित्य जनताको लागि हाे । साहित्यमा जनताको दु:ख सुख हुन्छ । साहित्यमा जनतालाई परेको पिर मर्काको ढुकढुकीले साहित्यका तरङ्गहरू काँडल्लामा उक्लिएकाे हुन्छ । साहित्यको रस अक्सिजन झै जनताको मुटु मुटुमा स्वासको नलि भएर बहेको हुन्छ । साहित्यले विचारकाे मलजल भएर मानवलाई सचेत गर्दै मानवको दिमागलाई दैनिक आउने समस्या र वर्गको चेतना दिन्दै समाज , देश जनताको लागि प्रवाह भई विचारको मन्थन भई राख्ने हुनुपर्छ । साहित्यले लाखाै र अर्वाै जनताको सेवा हुने र पक्षमा लेखिएको हुन नै साहित्य लेखकको र सृजित व्यक्तित्वको उद्देश्य हुनुपर्छ । साम्राज्यवादको पटनको निम्ति प्रहारको भए जनताको पक्षमा भएकाे हुनु नै साहित्यको चोटिलो प्रहार भए राम्रो हो । नेता र कार्यकर्ता नपुगेको ठाउँमा मोवाईलकाे फेस बुक्कले संसारको कुनाकप्चामा पुगोस्। हर साहित्यकार र लेखकको साहित्यले मजदूर,किसान,पत्रकार् क्रान्तिकारीको मन र दिमागले सुसुचित हाेस् । जसरी कुचो नपुगेको ठाउँमा हावा हुरीले धुलो उडाएर लगे जस्तै क्रान्तिको निम्ति जनताले साहित्यले साथ र सहयोग देआेस् । साहित्यले चेतना दिन सकाेस् । साहित्य पढेर कर्मचारी वुध्दिजिवी श्रमिक जनताहरूले क्रान्तिको निम्ति बत्तिको तेलको काम गरोस् । आजलाई यति विचार पोख्दै जनताको मन र दिमाग सिँचित होअाेस् । साहित्य क्रान्तिको हतियार हो । धन्यवाद । २०८१/१०/२५, भक्तपुर

Comments