गठाघरमा प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन
पुष ६, २०७७, सोमबार | दिउँसो ०१:१३ बजे | 30
भक्तपुर । भक्तपुरको गठाघरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा विद्यार्थीले नाराजुलुश तथा कोणसभा गरी प्रदर्शन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित विद्यार्थी संगठन अनेरास्ववियुको अगुवाईमा गठाघर चोकमा साझ पाँंच बजदेखि साढे पाँंच बजेसम्म गरी करिव आधा घण्टा नाराजुलुश तथा कोणसभा गरिएको हो ।
ताजा जनादेशका लागि सवै तयार बनौ, भरतीय दलाल मुर्दाबाद, केपी ओली जिन्दाबाद, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिन्दाबाद, पार्टी एकता कायम गरौं, कम्युनिष्ट आन्दोलनका लेण्डुपेहरु मुर्दाबादलगायतका नारा उनीहरुले लगाएका थिए । कोणसभामा विद्यार्थी नेताहरुले पार्टीका अर्का अध्यक्ष प्रचण्डले सताकै लागि १७ हजार निर्दोष नागरिकका हत्या गरेको हो ? भनी प्रश्न गरे । प्रदर्शनमा अनेरास्ववियु भक्तपुरका संयोजक, एकजना केन्द्रिय सदस्यलगायतले बोलेका थिए ।