माइत हिडेकी महिला बेपता


पुष ६, २०७७, सोमबार | विहान ११:२२ बजे | 35


भक्तपुर । गएको मंसिर २५ गतेदेखि माइती हिडेकी एक महिला बेपता भएकी छिन् । भक्तपुरबाट सल्यान टुसारे जान्छु भनेर हिडेकी ती महिला हराइरहेकी हुन् । भक्तपुर नगरपालिका वडा नं ५ मा रहेकी वर्ष २७ की अमृता थापा (कुसाथा) नाम गरेकी ती महिला अहिलेसम्म पनि सम्पर्कबिहीन भएकी हुन् । उनको खोजीका लागि परिवारले सहयोगको आशा राखेको छ । उनलाई देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा वा मोबाइल नम्बर ९८४१९३६९११ मा सम्पर्क गरी सहयोग गरिदिन अनुरोध गरेको छ ।



Comments