चाँंगु रास्वपाले भन्यो ः चाँगु सडकमा कहिलेसम्म धुलाम्य हुने ?
चाँंगु । रास्वपा चाँंगनारायण नगर समितिले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गरी चाँंगु सडकको धुलाम्य हुँंदा स्थानीय पीडित भएको भन्दै छिटोभन्दा छिटो समस्याका समाधानका लागि सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
विज्ञप्ति
निर्माणाधीन चाँगु सडक र माटो ढुवानी गर्ने गाडीका कारण चाँगु सडक अत्याधिक धुलाम्य हुने गरेको छ । जसका कारण हिड्डुलमा समस्या भएको, मानव स्वास्थ्यमा गम्भीर असर परेको र धुलोका कारण केही दिनयता विरामीको संख्या पनि बढेको भन्दै यस विषय उठान गरिदिन हामीलाई विभिन्न माध्यमबाट अनुरोध भइ आएको जानकारी गराउदै यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी चाँगुनारायण नगर समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
हामी सम्बन्धि निकाएको पनि ध्यानाकर्षण गराउन चाहान्छौ र स्थानियहरूको आग्रह अनुसार यस विषयलाई लिएर पहिलो चरणामा सम्बन्धि निकायको ध्यानाकर्षण गराउने र त्यस पछि पनि कुनै निकास ननिस्किए न्यायिक प्रकियामा जाने प्रतिबद्धता जनाउन चाहान्छौ ।
हामीलाई विश्वास गरेर स्थानियलाई परेको समस्या उठान गरिदिन आग्रह गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद छ । जन आवाजलाई थप बुलन्दसँग उठाउनु नै हाम्रो पहिलो धर्म हो । आफ्नो धर्म इमानदारीपूर्वक गर्ने पुनः प्रतिबद्धता समेत जनाउन चाहान्छौ ।
रोशन थापा
सभापति
रास्वपा चाँगुनारायण नगर समिति