ब्यासी छोरी बुहारी समुहको अध्ययन अबलोकन भ्रमण


2025-02-01 14:44:17

News Image

ब्यासी छोरी बुहारी समुहको आयोजनामा २०८१ माघ १७ गते थानकोटको इन्द्र दह ,कालू पाण्डे शालिक र स्विजरल्याण्ड पार्कको अध्ययन अबलोकन भ्रमण सम्पन्न भयो | कार्यक्रममा ब्यासी छोरी बुहारी समुहका सल्लाहकार राजकुमार लघु बचतको भावना बिकास गर्ने प्रमुख उदेश्यले ब्यासी छोरी बुहारी समुहको स्थापना भएको चर्चा गर्दै देशको भौगोलिक स्थिती र ईतिहास बारे जानकारी गराउन र आन्तरिक पर्यटनको बिकासका लागि भ्रमण आयोजना गर्नु भएकोमा छोरी बुहारी समुहको टिमलाई धन्यवाद दिन्दै समुहको उदेश्य प्राप्तिको लागि शुभकामना दिनु भयो | शिक्षक कुमार लघुले प्रौढ कक्षाको माध्यमबाट साक्षर भाइ उचो शिक्षासम्म अध्ययनमा सफलता प्राप्त ब्यक्तिको चर्चा गर्दै भक्तपुरमा शिक्षामा जागरण ल्याउन र किसानहरुको उत्थानका लागि नेमकिपाका नेता कार्यकर्ताको महत्वपूर्ण योगादन छ भन्नू भयो | कार्यक्रममा ब्यासी छोरी बुहारी समुहका अध्यक्ष धर्म लक्ष्मी दुवालले समुहको आय ब्यय प्रस्तुत गर्दै सदश्यहरुको माग र समुहको उदेश्य अनुसार भ्रमण आयोजना गरेको जानकारी दिन्दै सहभागीहरु प्रति धन्यबाद ब्यक्त गर्नु भयो | कार्यक्रममा गंगा ग्वाछा र सुलोचना सुवालले पनि बोल्नु भएको थियो |

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *