स्थापना दिवसको अवसरमा पुस्तकबारे अन्तरक्रिया


2025-02-01 14:41:02

News Image

नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा सी. टी. एल. मजदुर आन्दोलन विषयमा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो। सीटीएल औषधि उध्योग प्राङ्ण भक्तपुरमा भएको उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर संघ जिल्ला समिति भक्तपुरका अध्यक्ष उपेन्द्र सुवालले देशमा नाम मात्रका कम्युनिष्ट पार्टीको सरकार भएपनि जनताको हितमा  काम नभएको स्पष्ट पार्नुभयो। रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन, नेपाल भारत सम्बन्ध र भारत, किसान आन्दोलन लगायत विषयमा मतभेदका कारण नेपाल मजदुर किसान पार्टीको स्थापना भएको बताउँदै पार्टीले जितको स्थानीय तहमा उत्कृष्ट भूमिका खेलेको बताउनुभयो। कार्यक्रममा अधिवक्ता विकल प्रजापतिले मार्क्सवाद, लेनिनवाद र माओ विचारधारा नेमकिपाको सैद्धान्तिक आधार भएको तथा सिध्दान्त, दृढ अडान र सदाचारितामा पार्टी प्रकाशस्तम्भको रूपमा रहेको स्पष्ट पार्नुभयो। सीटीएल मजदुर आन्दोलन पुस्तकका विभिन्न पक्षमा चर्चा गर्दै अधिवक्ता प्रजापतिले करिव १२ वर्षअघिको घट्नाबारे प्रकाशित पुस्तकको महत्व थप १२ वर्षपछि पनि चर्चा भइरहने वताउनुभयो। कार्यक्रममा सभापति एवं नेक्रामसङ्घ सीटीएल एकाई समितिका अध्यक्ष कृष्णहरि आगञ्जाले पार्टी को भूमिकाको कारण सीटीएल मजदुर आन्दोलन सफल भएको बताउनुभयो। कार्यक्रममा राजकुमार लिबीलगायतले सीटीएल मजदुर आन्दोलन पुस्तकका विविध पक्षमा चर्चा गरेका थिए।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *