बल्ल पुग्यो थिमिमा नयाँं कार्यकारी अधिकृत


पुष ६, २०७७, सोमबार | विहान १०:०६ बजे | 40


भक्तपुर । डेढ महिनापछि भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा प्रमुख प्रशाकीय अधिकृत आएका छन । सोमबार मध्यपुर थिमि नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका हुन् । खेलकुद मन्त्रालयमा उपसचिव चुडामणी पन्थी अधिकृत नगरपालिकाको नयाँं प्रशाशकीय अधिकृतका रुपमा सरुवा भएका हुन्। मध्यपुर थिमी नगरपालिका कार्तिक २३ गते प्रमुख प्रशासकीय अधिकृत खाली भएको थियो ।
मध्यपुर थिमी नगरपालिकाका सुचना अधिकारी केशव सिलवालले आजबाट चुडामणी पन्थीले कार्यभार समालेको बताए । पन्थीले कार्यभार समालेपछि अब रोकिएका काम विस्तारै हुने उनले जानकारी गराए । नयाँ अधिकृत नआएको हुनाले आर्थिक कामहरु सबै थप्प रहेको उनले सुनाए ।
यस अघिका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल गृहमन्त्रालय सरुवा भएका छन् । बिभिन्न दबाबमा परेर मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन ढिलाई गर्दा नगरपालिकाको काम कारबाही प्रभावित भएको थियो ।
नगरपालिकामा गत कात्तिक २३ मा बसेको कार्यपालिका बैठकले यस अघिका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललाई नगरपालिका हटाउने निर्णय गरेको थियो।
नगर प्रमुख र कार्यकारी अधिकृतविच कुरा नमिलेको कारण अहिलेसम्म अधिकृत विना नै हुने काम मात्र भइरहेको थियो । नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयले ढिलाई गर्दा नगरपालिकामा नक्सा पास, निर्माण सम्पन्न लगायत सर्वसाधारणका काम ठप्प भएको थियो । नयाँं कार्यकार्य अधिकृतकै अभाबमा दसै अगाडि दिनुपर्ने बृद्धभतासमेत रोकिएको थियो । साथै कर्मचारीको तलब पनि रोकिएको छ ।
नगर प्रमुख र तत्कालिन प्रमुख प्रशाशकीय अधिकृतवीच विवाद थियो । नगर प्रमुख श्रेष्ठले नक्कली उपभोक्ता समिति बनाई भुक्तानी गर्न दवाव दिएको  र त्यस कार्यकारी अधिकृतले सही गर्न नमानेपछि नगर प्रमुख र कार्यकारी अधिकृतवीच विवाद भएको थियो । यही विवादका कारण मेयरले कार्यकारी अधिकृतलाई फिर्ता पठाएको थियो र नयाँं कार्यकारीअ अधिकृत पठाउन मन्त्रालयमा पत्राचार गरेको थियो । 

Comments