नेमकिपा नेपाली राजनितिको प्रकाशस्तम्भ


माघ १९, २०८१, शनिबार | विहान ११:४६ बजे | 50


नेमकिपा नेपाली राजनितिको प्रकाशस्तम्भ

चाँंगुनारायण । नेपाल क्रान्तिकारी युवा सघ चागुनारायण नगर समितिको आयोजनामा नेमकिपको ५१ औ स्थापना दिवसको अबसरमा प्रबचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सघ भक्तपुर जिल्ल्ला समितिका उपाध्यक्ष राजकुमार लघुले पार्टी स्थपना दिवसको आधारबारे चर्चा गर्दै नेपाल मजदुर किसान पाटी नेपाली राजनितिको प्रकाशस्तम्भ हो भन्नुभयो ।
नेक्रायुसघ चागुनारायण नगर समितिका अध्यक्ष यल यन लिगलले उदारवादबारे चर्चा गर्दै उदारबादको बिरोध गर्नुपर्छ भन्नुभयो । नेक्रायुसघ चागुनारायण नगर समिति सचिब सरोज दुलालले नेमकिपा किसानको जगमा उभियको पार्टी हो भन्दै देशको सार्वर्भौमिक्ता जोगाउने कार्यमा पार्टी अग्रमोर्चाम सघर्सरत छ भन्नुभयो । कार्यक्रममा युवा कार्यकर्तावि अन्तर्कृया पनि भयको थियो । 

Comments