जगातीको वस स्टप आन्दोलन ः सहमतिको चरणमा 


माघ १९, २०८१, शनिबार | विहान ०२:२९ बजे | 130


जगातीको वस स्टप आन्दोलन ः सहमतिको चरणमा 

भक्तपुर । भक्तपुरको जगाती वस स्टपको आन्दोलन सहमतिको चरणमा पुगेको छ । पुरानै ठाउँंमा वस स्टप राख्नुपर्ने मागमा सडक विस्तार आयोजना सहमत भएपछि आन्दोलन टुंगिन लागेको छ । आयोजनाको कार्यालयले पुरानै ठाउँंमा बस स्टप राख्ने योजनासहितको डिपिआर तयार पारिसकेको छ । 
जगाती वस स्टप संघर्ष समितिका संयोजक सीतारा खाइतूले सोमबार भक्तपुर नगरपालिका वडा नं २ लिवालीमा वडाको समन्वयमा स्थानीयबासी र आयोजनाका कार्यालयका पदाधिकारीहरु बसेर वार्ता गरिने र पुरानै ठाउँंमा वस राख्ने सहमति गरी वार्ता टुंगिनेछ । जगातीको पुरानो वस स्टपलाई अन्त सार्न खोजेको भन्दै स्थानीयबासीहरु एक महिना वढी समयदेखि आन्दोलित थिए । 
 

Comments