- Post Date 2020-06-07 12:13:57
यज्ञवहादुर कार्की
त्यो विश्वास जब छिमेकीलाई छैन भने अन्यले के गर्न सक्दछन ? नेपालको राजनितीमा विदेशीको मुख ताकेर सत्तामा पुगिरहेका माहिर राजनीति गरिरहेको छु भनेर दंम्भ गर्नेहरुसंग नेपालीका धेरै प्रश्नहरु छन । आज देशमा लोकतन्त्र आएको कति बर्ष भयो त महोदय ? चेतनाको जागरण कहाँवाट र कसरी सुरु भयो त महोदय ? यतिविधि वोल्न जान्ने गफलती त मानिसहरु भए अनि साच्चै देश कति सम्पन्नतामा गयो त महोदय ? अहिलेसम्म के विदेशीले नेपाली राजनिती गर्नेहरुको मनशाय र कृयाकलाप वुझेनन त सोचेनन होला त । यिनीहरुलाई भष्ट वनाएर सोचे जस्तो गराउन सक्छौऊ भने तर यस्ता होईनन । यिनीहरु यी त सिक्दै छकाउदै हिडिरहन्छन ।
भारतमा दोश्रो पटक पनि मोदी प्रधानमन्त्री वन्न सफल भए किन उनी सफल भए त ? उनको आचरण र व्यवहारमा फरक पाएनन जनताले उनको अघिल्लो कार्यकाल ५ वर्षमा कुनै अपृय घटना घटन पाएन देशमा न त उनको कार्यकालमा भ्रष्टाचारको घटनाले नै कतै प्रश्रय पायो किनकि उनका विषेश सल्लाहकार ज्यादै दुरदर्शि थिए उनले प्रधानमन्त्रीलाई कहिले छकाएनन देश र जनताको लागि अहोरात्र सोच्ने र नयाँ नयाँ भिजन दिने त्यो सल्लाहकारको म नाम दिन चाहन्न । कम्युनिस्टको मेन्युफेस्टो पढने जो कोहीलाई यो थाह हुनुपर्छ कि नेपालका कम्युनिस्ट भन्नेहरु घातक र धोकेवाज वढी छन । खै उनीहरु आफुलाई कम्युनिस्ट कसरी अरुको सामु भनीरहेका छन म चाहिँ वुझ्दिन । म यतिमात्र वुझ्दछु कि उनीहरु स्क्याण्डल रच्न भने माहिर छन । उनीहरुलाइ राम्रै थाह छ गरिबी र दरिद्र जनताहरुसंग कसरी राजनिती गर्नु पर्द्छ ? त्यसैले चुनावको रातिरातिसंम्म उनीहरु डोजर कुदाँउदछन चुनावी खर्चको वाँडफाँड सहि र प्रत्याभुति हुने गरि गराउदछन , क्रान्तिको उत्तेजित शब्द अय्यासमा सवैलाई मुग्ध तुल्याउदछन ? तर दलाल पुँजीवादमा हामी छौ भनेर विश्वलाई देखाँउदछन । के हो साम्यवाद ? के भनेको सर्बहाराको नेतृत्व ? खै कहाँ छन सर्बहारा वर्ग ? म त कहि पाँउदिन फेरि कसलाई वोकेर उनीहरु सर्बहारा वर्गको नेतृत्व गरिरहेछन ? आँउदो निर्बाचन अगाडि सवैलाइ आश्वासन दिएर लोभमा पुलिन्दा वाडेपछि पछि ती मतदाता अन्त लाग्दैनन फेरि हाम्रो रणनीति सफल हुन्छ भन्ने धारणा उनीहरुको छ किस्ताबन्दीमा लोभमा दिईने क्षेति पुर्तिहरु हाम्रो सफलता हुनेछ र सय खत माफ गर्नेछ्न भन्ने विचार पालेर उनीहरु आश्वस्थ देखिन्छन् । लोभमा मत विक्दैन सतकर्मि नेतृत्वको चयन गर्नु पर्छ भन्ने चेतनाको प्रबाह अहिले देखि हामीले कलम युद्ध बाट फैलाउदै लैजान सक्यौ भने निश्चय नै दुरगामि नेताले नेतृत्व गर्न सक्छ र देशमा कायाँ पलट हुनेछ । नेपालका कम्युनिस्टको चारित्रिक गुण हेर्दा जो कोहिले वुझ्छन उनीहरु के को व्यापार गरिरहेका छन ? नेपालमा वेरोजगारीको थुप्रैलागेको छ । नेपालमा १००रप्रतिशतमा ९८र प्रतिशत नोकरशाहि भष्ट छन । नेपाल का अधिकांश महिलाहरुले प्रस्टिच्युत जीवन विताईरहेका छन । अधिकास धनी सम्पन्न मानिसहरु मोज मस्ति र भोज भत्तेर र फजुल खर्च गरहेका छन वाकि भएका युवाहरु लागू औषधको सेवनमा व्यस्त भै जीवन व्यत्तित गरिरहेका छन । अधिकाश युवाहरु देश छाडेर पलायन छन र विदेशमा श्रम वेचिरहेका छन । खेतियोग्य जग्गा वाँझो रहेको छ कलकारखाना खुलेका छैनन । भएका उद्योगहरु नाफामा चलेका छैनन । जनताको आयस्तर वढेको छैनन र कर मनग्ये तिर्नु परिरहेको छ । वजार भाउ कन्ट्रोल छैन मारमा जनता परिरहेकै छन । किसानलाई समय सिजनमा मल खाद वाडने नाउँमा कार्य कर्तालाई अवसर दिईएको छ । सरकार विपक्षीलाई राम्रो कामगर्न अवशरनै दिदैन सवै आफैमात्र गर्छु भन्ने मनशाय त राख्छ तर दिगो हुने काम गर्दैन । कला संस्कृति आदि र शिक्षा जस्तो क्षेत्रमा एकाधिकार वनाउने कानुन वनाउदै चल्दैछनागरिकताको उचित र देशको मौलिकता कायम नरहने गरि नागरिकता विधेक ल्याई मुलुक द्वन्दमा फसाउन चाहना राख्दछ । के कम्युनिस्ट शासन भनेको यस्तै हुने हो ? उसै गरि अरु कम्युनिस्ट मुलुकले विकाश गरेका हुन त ? गाउँ घरमा घरै पिच्छे जग्गा दलाल गर्नेको वाहुल्य छ । यसरी आज २ वर्ष पुग्न लाग्दा ६ ,७ वटा देशमा प्रमुखघटनाहरु घटेका छन । अनि भारतको दाँजोमा नेपाललाई हेर्ने आँखा नाटकिय मात्र हुन । अब देश कसरी सम्पन्नतामा जाने त ? कम्युनिस्टको अग्नि परीक्षा केही सवालहरुमा अरु पनि छन जुन नागरिकको मौलीक हक अन्तरगत सम्पत्ति सम्वन्धि कानुनमा पर्द्छ जो सरकार आफै पालना गर्दैन । यस्तो सरकार न त प्रजातान्त्रिक हो न कम्युनिस्ट नै हो वे शिर पाउको हो । देश र जनतालाई शिरमा राखेर काम गर्ने कि देश र जनताको शिरमा चढेर काम गर्ने ? कुरा त्यहि वुझ्नु पर्द्छ । कम्युनिस्ट कमाउनिष्ट भएपछि कम्युनिस्ट वर्ण शंकर जस्तै हुन्छ । सत्ता र शक्तिको लागि उसले जे पनि गर्न सक्दछ यो निर्विवाद सत्य हो अहिले विभेदको अवस्था देखिएकोले लोकतन्त्रमाथि नै खतरा वढेको सवैमा आभाष हुन थालिसकेको छ । नागरिकको ज्यु धनको सुरक्षाको देखिदैन , न्याय किन वेचमा परेका छन , राजनिती ले न्याय , शैनिक ,प्रहरी भित्र समेत प्रवेश पाईसकेको छ ।
कानुनको वर्खिलाप हुने गरि चलेका प्रशासनलाई हेरिदा अनेकन अपराधको ढाक छोप गर्नका निमित्त गलत निर्देशन दिएको पाईएको छ घटेका घटनाहरुमा पनि आयोग गठन गरि शून्य सतहमा काम भएको देखिन्छ ।अब विदेशीहरुले नेपालमा सरकार कसरी चलेको छ ?मानवाधिकार हनन गराउने जो कोहिलाई कठघरामा उभ्याउन सकेको छ छैन हेर्दै छन त्यसैको वेशमा सहयोग दिने नदिने कुरा राखेका छन , अतस् सम्वृद्धि को युग निम्त्याउने हो भने माथि उल्लेख गरिएका कुरामा मनन गर्नु जरुरी छ...
All Comments.......
Please Login/Register To Comments