संसद विघटन स्वभाविक ः विजुक्छें


पुष ५, २०७७, आइतबार | दिउँसो ०३:२२ बजे | 25


भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले प्रधानमन्त्रीबाट संसद् विघटन हुनु स्वभाविक भएको भन्दै प्रधानमन्त्रीको उक्त कार्यको समर्थन गरेका छन् । भक्तपुरको एउटा स्थानीय टेलिजिजनमा आइतबार अन्तर्वार्ता दिंदै उनले प्रचण्ड र माधव नेपालका कारण यो अवस्था सृजना भएको भन्दै प्रधानमन्त्रीको यो कदमको पार्टीकोतर्फबाट समर्थन रहेको बताए ।
पछिल्लो राजनीतिक घटना क्रमको विकासमा भारतीय चलखेल भएको आशंका व्यक्त गर्दै उनले प्रचण्ड र माधब नेपालले सरकारलाई काम गर्न नदिएका कारण यो परिस्थिति सृजना भएको बताए । संसारभरको प्रजातान्त्रिक व्यवस्थामा पार्टीका अध्यक्ष नै प्रधानमन्त्री हुने र दुवै पद एकैजनाले लिनुपर्ने भन्दै प्रचण्ड र माधब नेपालले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोडन दवाव दिएका कारण प्रधानमन्त्रीले आफनो अधिकारको प्रयोग गरेका उनले बताए । संविधानप्रदत अधिकार प्रधानमन्त्रीले प्रयोग गरेको उनको धारणा छ । प्रमुख प्रतिपक्ष नेपाली काँंग्रेसले साँंचो अर्थमा प्रमुख प्रतिपक्षको भूमिकामा नरही भाडबण्डामै सिमित रहेकोले पनि यो अवस्थाको सृजना भएको उनको बुझाई छ ।

Comments