म जहाँ छु, शिवजीको कृपाले छु ः मन्त्री थापा


माघ १७, २०८१, बिहीबार | दिउँसो १२:५१ बजे | 45


म जहाँ छु, शिवजीको कृपाले छु ः मन्त्री थापा

भक्तपुर । नेकपा एमाले भक्तपुरका उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले आफनो यहाँंसम्मको प्रगतिमा भगवान शिवजीको कृपा रहेको विश्वास व्यक्त गरेका छन् । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोल भक्तपुरको १६ औं वार्षिक साधारणसभाको बिहीबार भक्तपुरमा उदघाटन गर्दै उनले आफनो प्रगतिमा महादेवको कृपा रहेको विश्वास प्रकट गरे । 
त्यस अवसरमा उनले आफूले स्वास्थ्य मन्त्री भएदेखि स्वास्थ्य क्षेत्रको सुधारका विभिन्न कामहरु गर्दै आएको लिष्टहरु प्रस्तुत गरे । बागमती प्रदेशका अस्पतालहरुमा १० बजेदेखिको सटामा विहान ८ बजेदेखि नै ओपीडी सेवा थालेको जानकारी उनले गराए । 
समितिका अध्यक्ष धर्मराज वस्नेतको सभापतित्वमा भएको कार्यक्रममा महासचिव हरिशरण वस्नेतले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रत्नप्रसाद छुकाँंले आयव्यय विवरण पेश गरेका थिए । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, सूर्यविनायक नगरपालिका वडा नं ७ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटा, वडा न ८ का वडा अध्यक्ष पुष्पराज वस्नेतलगायतले डोलेश्वर मन्दिरका विबिध पक्षमा चर्चा गरेका थिए । वार्षिकोत्सवमा समितिका उपाध्यक्ष रामेश्वर थापाले स्वागत गरेका थिए । 

Comments