भान्छालाई औषधालय बनाउन भक्तपुर महिला साकोसमा छलफल


माघ १२, २०८१, शनिबार | दिउँसो ०१:५६ बजे | 15


भान्छालाई औषधालय बनाउन भक्तपुर महिला साकोसमा छलफल

भक्तपुर । भक्तपुर महिला वचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकद्वारा जारी मापदण्डबारे अन्तरक्रिया तथा भान्छालाई औषधालय कसरी बनाउने भन्ने विषयमा प्रवचन कार्यक्रम होटेल सिटी गाउँमा सम्पन्न भयो । सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकद्वारा जारी मापदण्डबारे बालकृष्ण ध्वँजूले प्रकाश पार्नुभयो भने भान्छालाई औषधालय कसरी बनाउने भन्ने विषयमा चन्द्रहरि कायस्थले पाकशाला बधशाला होइन औषधालय होस् भन्नुभयो । मेशिनमेड, प्याकिङ गरिएको खाना र आगोमा पकाउने खानाभन्दा प्राकृतिक भान्छाबाट आउने खाना अमृत भोजन हुने सहजकर्ता कायस्थले प्रष्ट पार्नुभयो ।
कार्यक्रमको समापनमा संस्थाका कानूनी सल्लाहकार विकल प्रजापतिले भान्छालाई औषधालय कसरी बनाउने भन्ने विषयले झन भोक जगाएको बताउँदै किसानले उत्पादन गर्ने हरेक वस्तु औघाधिजन्य हुने हुँदा उचित प्रयोगमा स्थास्थ्यलाई फाईदा पुग्ने बताउनुभयो । संस्थाका अध्यक्ष कृष्णश्वरी मचामसीले भान्छामा प्रयोग हुने खानेकुराको मात्रा, प्रयोग गर्ने समय र विधिले स्थास्थ्यमा असर पर्ने बताउँदै साँचिक्कै भान्छालाई औषधालय बनाउन थप छलफल आवश्यक भएकोमा जोड दिनुभयो ।
 

Comments