नगरकोट भ्रमण वर्ष २०८२ ः यी हुन् दुवाकोट वडाका २० कार्यक्रमहरु


माघ ११, २०८१, शुक्रबार | दिउँसो ०२:४८ बजे | 40


नगरकोट भ्रमण वर्ष २०८२ ः यी हुन् दुवाकोट वडाका २० कार्यक्रमहरु

दुवाकोट । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आयोजना गरेको “नगरकोट भ्रमण वर्ष २०८२ पूर्ण रुपमा सफल बनाउन चाँंगुनारायण नगरपालिका वडा नं २ दुवाकोटले वडामा विशेष कार्यक्रमहरुको घोषणा गरेको छ । वडा अध्यक्ष सोमप्रसाद प्रधानको अगुवाईमा बसेको बडाबासीहरुको बैठकले वडामा गरिने २० वटा कार्यक्रमहरु सार्वजनिक गरेको हो । 
सार्वजनिक कार्यक्रमहरु
१. “नगरकोट भ्रमण वर्ष २०८२ पूर्ण सफलताको लागि प्रभातफेरि 
२. दुवाकोट मोडमा ऐतिहासिक प्रवेशद्वार निर्माण (विश्व सम्पदा सूचीमा सूचिकृत चांगुनारायण मन्दिर तथा विश्व प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोट)
३ निःशुल्क अक्सिजन वितरण कार्यक्रम
४. वडा नं.२ क्षेत्रमा साप्ताहिक हाटबजार सञ्चालन
५. राष्ट्रियस्तरको व्याडमिन्टन प्रतियोगिता सञ्चालन
६. दुवाकोटको मूल सडकमा फूड फेस्टीभल कार्यक्रम सञ्चालन
७. दुवाकोट सांस्कृतिक कार्यक्रम सञ्चालन
८. उपत्यकाव्यापी धाँ बाजा प्रतियोगिता
९. टोल, सडक तथा मठमन्दिर सरसफाई अभियान कार्यक्रम सम्बालन
१० राष्ट्रियस्तरका कविहरुको सहभागीतामा साहित्यिक गोष्ठी सञ्चालन
११ वडा कार्यालयको आयोजनामा विस्का जात्राको उपलक्ष्यमा प्रत्येक वर्षको वैशाख २ गते खटजात्रा सञ्चालन गर्ने
१२ वागमती प्रदेशस्तरीय लोक दोहोरी प्रतियोगिता
१३. मिलन टोललाई पहिलो नमूना सरसफाई टोल घोषणा गर्दै अन्य ४ वटा टोल छनौट गर्ने
१४. सांस्कृतिक तथा पुरातात्विक मन्दिरहरुको चिनारी कार्यक्रम सञ्चालन
(फैढोका गणेश, त्रिपुरासुन्दरी भद्राक्षीदेवी, चार नारायण, दुःख हरणेश्वर महादेव, लोकेश्वर महादेव, सर्वज्ञश्वर महादेव, श्री कृष्ण प्रणामी मन्दिर)
१५ वडा अध्यक्ष– जनता स्वास्थ्य कार्यक्रम । प्रत्येक टोलटोलमा स्वास्थ्य परिक्षण, रक्तदान कार्यक्रम, करिव १० थरी रक्त परिक्षण)
१६. खाली जमिन, पर्ति जग्गामा वृक्षारोपण कार्यक्रम
१७ सम्पूर्ण कालोपत्रे तथा ढलान सडकहरुको पेटीमा वृक्षारोपण कार्यक्रम सञ्चालन
(भक्तपुर नगरपालिका जाने बाटो, फैढोका जाने बाटो, दुवाकोट चाँगु जाने बाटो, .चा.न.पा.३ जाने बाटो, मध्यपुर थिमि नगरपालिका जाने बाटो)
१८. दुवाकोट–चाँगु सडकको पोलपोलमा झिलिमिली बत्ती राख्ने
१९ नेपाल सम्बत मनाउने
२० गाईजात्रा मनाउने (सास्कृतिक जगेर्ना गर्ने उदेश्यले) 

Comments