जगातीबासीले फेरि गराए ध्यानाकर्षण
माघ ९, २०८१, बुधबार | दिउँसो ०३:१३ बजे | 20
भक्तपुर । भक्तपुरको जगातीबासीले पुरानै ठाउँंमा जगाती बस विसौनी राख्न बुधबार फेरि ध्यानाकर्षण गराएका छन् । सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाको कार्यालय मध्यपुर थिमिमा पुगेर उनीहरुले कार्यालय प्रमुखको ध्यानाकर्षण गराएका हुन् ।
संघर्ष समितिका संयोजक सीताराम खाइतूको नेतृत्वमा झण्डै दुई दर्जन युवाहरु कार्यालय पुगेका थिए । वार्ताको क्रममा कार्यालय प्रमुखले डिपिआर परिवर्तनको क्रममा रहेको र एक हप्ताभित्र यसबारे जानकारी गराउने प्रतिवद्धता जनाए ।
दसकौंदेखि जगातीमा रहेको जगाती बस विसौनी अन्त सार्ने डिपिआर बनेपछि स्थानीय महिनौदेखि आन्दोलित छन् ।