भक्तपुरमा मनाइयो चिनियाँ नयाँं वर्ष


2025-01-18 13:32:40

News Image

भक्तपुर । भक्तपुर नगरपालिका, नेपाल सरकार संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास र पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रम शनिबार भक्तपुरको दरबार क्षेत्रमा एक भव्य समारोहबीच सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार ऊर्जा, जल तथा सिंचाइ मन्त्री दिपक खड्का, नेपालका लागि चिनियाँ राजदूत छन सङ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र नेपाल टुरिजम बोर्डका सीईओ दिपकराज जोशीले संयुक्त रुपमा चिनियाँ नयाँ वर्षको लोगो अनावरण गर्नुका साथै नेपाल भ्रमण वर्ष २०२५ को औपचारिक ब्यानर अनावरण गरी महोत्सव शुभारम्भ गर्नुभयो । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खड्काले ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रमको विशेष महत्व रहेको बताउँदै नेपाल—चीन बीचको दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा उपत्यकाका विभिन्न ठाउँहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु तय भएको बताउनुभयो । उहाँले दुई देशबीच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउँदै अन्तर्राष्ट्रिय पर्यटकहरुको लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रुपमा रहेको बताउनुभयो । मन्त्री खड्काले कोभिड महामारीपश्चात नेपालको पर्यटन उल्लेख्य रुपमा अगाडि बढिरहेको बताउँदै नेपाल चीनबीच पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । मन्त्री खड्काले नेपालको सामाजिक आर्थिक विकासमा पर्यटनको अपार महत्वलाई ध्यानमा राख्दै नेपाल सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । पर्यटन विकासका लागि त्यस अनुकूल कानुन र नीतिहरु तर्जुमा हुँदै आएकाको बताउँदै उहाँले प्रदेश र स्थानीय तहहरुले पनि पर्यटन क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको साझा माध्यमको रुपमा प्राथमिकतामा राख्दै आएको बताउनुभयो । मन्त्री खड्काले पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधाहरुर निर्माण तथा स्तरोन्नतिका कामहरु भइरहेकाको अवगत गराउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुका साथै त्रिभुवन विमानस्थल र अन्य आन्तरिक विमानस्थलहरुको स्तरोन्नति र विस्तार कार्यहरु भइरहेको जानकारी गराउनुभयो । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन सङले चिनियाँ नयाँ वर्ष २०२५ को बधाई एवम् शुभकामना व्यक्त गर्नुभयो । नयाँ युगको आगमनसँगै नेपाल र चीनबीच आपसी सहयोग आदानप्रदान तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै उहाँले नेपाल—चीनबीच युवा, शिक्षा, संस्कृति, पर्यटनलगायतका क्षेत्रहरुमा आदानप्रदान र सहकार्यलाई सुदृढ गर्ने, मानवीय सम्बन्धलाई थप प्रगाढ बनाउने र पुस्तौं पुस्तादेखि चलिआएको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको र सोही सहमति कार्यान्वयनको सिलसिलामा यस महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सन् २०२५ मा नेपाल पर्यटन वर्ष प्रवद्र्धनात्मक गतिविधिहरु आयोजना गर्नका लागि नेपाललाई चीनमा हार्दिक स्वागत गर्दै राजदूत सङले चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने बताउनुभयो । यसबाट नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन र दुई देशबीचको सांस्कृतिक आदानप्रदान र सहकार्यलाई थप ऊर्जा प्रदान गर्ने गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपाल र चीनबीच विगतमा भएका सहमतिको कार्यान्वयन गर्नु, दुई देशबीचको पर्यटन सहकार्यलाई थप उचाइमा पु¥याउन र दुई देशबीचको मानवीय सम्बन्धलाई अझ प्रगाढ बढाउनु नेपाल पर्यटन वर्ष २०२५ उद्घाटन गर्नुको मुख्य उद्देश्य रहेको राजदूत सङले स्पष्ट पार्नुभयो । नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताउँदै उहाँले यहाँका उच्च हिमालय, पर्वत सृंखला, चितवन राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यता र लुम्बिनी, काठमाडौं, जनकपुरजस्ता प्राकृतिक साथै सांस्कृतिक र ऐतिहासिक सम्पदाले प्रत्येक वर्ष विभिन्न देशका पर्यटकहरुलाई नेपाल भ्रमण गर्न आकर्षित गर्दै आएको बताउनुभयो । उक्त कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन् १९५५ मा नेपाल—चीनबीच दौत्य सम्बन्ध स्थापना भएको बताउँदै चीनले नेपालको पर्यटन प्रवद्र्धन र चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ सफल पार्नु सबैको जिम्मेवारी भएको बताउनुभयो । नेपाल पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना भएको देश हो भन्दै उहाँले विश्वको उच्च सगरमाथा र अन्य हिमालय पर्वतहरु, प्राकृतिक सुन्दरता, बुद्ध जन्मभूमि लुम्बिनी र विश्व सम्पदामा सूचिकृत थुप्रै स्थलहरु नेपालमा रहेको र राम्रो प्रचारप्रसार नहुँदा नेपालमा आशातित पर्यटकहरु आउन नसकेको उहाँले बताउनुभयो । पर्यटन क्षेत्रलाई नेपाल सरकारले प्राथमिकतामा राखेर कार्यक्रमहरु अगाडि बढाउन सके पर्यटन क्षेत्रबाट देशको अर्थतन्त्रमा टेवा पु¥याउन सकिने धारणा उहाँले सोही क्रममा व्यक्त गर्नुभयो । २०७२ सालको भूकम्प, नाकाबन्दी र विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संकटको घडीमा चीन सरकारले गरेको सहयोग नेपाली जनताले सँधै सम्झिरहने बताउँदै उहाँले नेपाली जनताले चिनियाँ सरकार र जनतालाई असल र भरपर्दो मित्रको रुपमालिँदै आएको स्मरण गर्नुभयो । चिनियाँ पर्यटकहरु भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकहरुमध्ये संख्यामा दोस्रोमा पर्ने बताउँदै उहाँले चिनियाँ सरकारका उच्च पदस्थ पदाधिकारीहरुको नेपाल भ्रमणमा भक्तपुरलाई पनि प्राथमिकतामा राखेर अवलोकन भ्रमण गर्ने गरेको र मित्र देश चीनका सरकारी उच्च पदाधिकारीहरुलाई समय समयमा स्वागत गर्न पाउँदा भक्तपुरबासीहरु अत्यन्त खुशी भएको भन्नुभयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा घोषणा गरेको बताउँदै भ्रमण वर्षसफल पार्न सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रममा पहिलो र दोस्रो चरण गरी भक्तपुर र चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक गीत र नाँचहरु प्रस्तुत गरिएको थियो । साथै दरबार क्षेत्रबाट टौमढीसम्म सांस्कृतिक ¥याली आयोजना र महोत्सवमा सहभागी कलाकारहरुसँग सामूहिक फोटो सेसन गरी कार्यक्रमको समापन गरिएको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *