रास्वपा चाँंगु ४ मा खनाल, ५ मा भण्डारी
माघ ५, २०८१, शनिबार | विहान १०:११ बजे | 110
राष्टिय स्वतन्त्र पार्टी चाँंगुनारायण नगरपालिका वडा नं ५ को शनिबार भएको वडा अधिवेशनबाट राजु भण्डारी क्षेत्रीको नेतृत्वमा ९ सदस्यि वडा समिति पनि सर्वसम्मत निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा ज्योति लामिछाने, सचिवमा निपेश भण्डारी र सदस्यहरुमा ज्ञानकिसोश केसी, सुजिता भण्डारी (बुढाथोकी), तारा कम्मर, पुजा भण्डारी, रामप्रसाद हाकजु र सरोज नेपाली निर्वाचित भएका छन् । यस्तै चाँगुनारायण वडा ४ मा केशव खनालको नेतृत्वमा ९ सदस्यि वडा समिति सर्वसम्मत निर्वाचित भएको छ । सामाजिक अभियान्ता समेत रहेका खनाल गत स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेद्वारलाई जिताउन खुलेरै लागेका थिए । समितिका उपाध्यक्षमा कृष्ण मगर, सचिवमा नबराज न्यौपाने र सदस्यहरुमा गोविन्द तामाङ, भुवन बजागाईं, रत्नलाल भडेल, गंगा केसी, लक्ष्मी देवकोटा खनाल र जुना खनाल निर्वाचित भएका छन् । वडा अधिवेशनमा रास्वपा जिल्ला सभापति रामेश्वर बस्नेत, युवा नेता साजन विश्वकर्मा, जिल्ला सिचिव रुकेश रन्जितकार, सहसचिव कृष्णबहादुर तामाङ, जिल्ला सदस्यद्धय कृष्ण खनाल र मोहन पुरी, भक्तपुर नगर सभापति राजेश शिल्पकार, मध्यपुर थिमि नगर सभापति न्हुछेरत्न मानन्धर, सूर्यविनायक नगर सभापति भाइकृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।