चाँगुनारायण नगर समिति वडा ५ को प्रथम ऐतिहासिक वडा अधिवेशन भब्यताकाे साथ सम्पन्न
माघ ५, २०८१, शनिबार | विहान ०९:३३ बजे | 70
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रिय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारकाे प्रमुख अतिथिमा चाँगुनारायण नगर समिति वडा ५ को प्रथम ऐतिहासिक वडा अधिवेशन भब्यताकाे साथ सम्पन्न भएकाे छ । अधिवेशनबाट राजु भण्डारी क्षेत्रीको नेतृत्वमा ९ सदस्यि वडा समिति पनि सर्वसम्मत निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा ज्याेती लामिछाने, सचिवमा निपेश भण्डारी र सदस्यहरुमा ज्ञान किसाेश केशी, सुजिता भण्डारी (बुढाथोकी), तारा कम्मर, पुजा भण्डारी, राम प्रसाद हाकजु र सराेज नेपाली निर्वाचित भएका छन् । पार्टीको सदस्यताका हिसावले चाँगुनारायण नगरपालिकामा रास्वपा वडा ५ नै सबै भन्दा बलियो देखिन्छ । पार्टीका नगर समिति सभापती पनि यही वडा निवासी रोशन थापा नै हुन् । यस्तै, चाँगुनारायण नगर समिति वडा ४ मा पनि शनिवारै वडा अधिवेशन सम्पन्न भएको छ । चाँगुनारायण वडा ४ मा केशव खनालको नेतृत्वमा ९ सदस्यि वडा समिति सर्वसम्मत निर्वाचित भएको छ । सामाजिक अभियान्ता समेत रहेका खनाल गत स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेद्वारलाई जिताउन खुलेरै लागेका थिए । समितिका उपाध्यक्षमा कृष्ण खनाल, सचिवमा नबराज न्याैपाने र सदस्यहरुमा गाेविन्द तामाङ, भुवन बजागाईं, रत्न लाल भडेल र जुना खनाल निर्वाचित भएका छन् । वडा अधिवेशनमा रास्वपा जिल्ला सभापती रामेश्वर बस्नेत, युवा नेता साजन विश्वकर्मा, जिल्ला सिचिव रुकेश रन्जितकार, सहसचिव कृष्ण बहादुर तामाङ, जिल्ला सदस्यद्धय कृष्ण खनाल र मोहन पुरी, भक्तपुर नगर सभापती राजेश शिल्पकार, मध्यपुर थिमि नगर सभापती न्हुछे रत्न मानन्धर, सूर्यविनायक नगर सभापती भाइ कृष्ण श्रेष्ठ लगायत करिब को उपस्थिती रहेको थियो ।