वागीश्वरीका शिक्षक, कर्मचारी, विद्यार्थी र सांस्कृतिक गुरुहरूलाई दिइयो धन्यवाद
माघ २, २०८१, बुधबार | दिउँसो १२:३६ बजे | 70
भक्तपुर, माघ २ गते । भक्तपुर नगरपालिकाको आयोजनामा गत मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म भएको भक्तपुर महोत्सवमा सहयोग गर्ने वागीश्वरी मा.वि., वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टका शिक्षक, कर्मचारी, विद्यार्थी र सांस्कृतिक गुरुहरूलाई वागीश्वरी कलेजमा एक कार्यक्रमको आयोजना गरी धन्यवाद ज्ञापन गरिएको छ । नगरप्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहा“ले सहयोगी सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै नगरवासीहरूको उत्साहजनक सहभागिता र सहयोगबाट भक्तपुर महोत्सव अरूको लागि समेत उदाहरणीय बन्न पुगेको बताउनुभयो । महोत्सव अवलोकन गर्न आएका विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरूले भक्तपुर शिक्षा र स्वास्थ्यमा जस्तै महोत्सव आयोजनामा पनि उदाहरणीय रहेको प्रतिक्रिया आफूलाई दिएको बताउ“दै उहा“ले महोत्सवलाई सारा नगरवासीको साझा महोत्सव बनाउन भनी नगरपालिकाले आह्वान गरेपछि नगरवासीहरू स्वतःस्फूर्त रूपमा विभिन्न स्टलहरू राख्न थालेको चर्चा गर्नुभयो । उहा“ले भन्नुभयो, ‘नगरपालिकाले केवल पच्चीस ठाउ“मा प्रदर्शनीको व्यवस्था गरेकोमा नगरवासीको सहभागितामा एक सय बत्तीस स्थानमा प्रदर्शन भयो । यो आफैमा सफलताको उदाहरण हो ।’ वागीश्वरीले महोत्सवको पूर्वसन्ध्यामा ‘वागीश्वरी उत्सव’ को आयोजना गरी महोत्सवको पूर्वअभ्यास गरेको चर्चा गर्दै उहा“ले वागीश्वरी मावि, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको तर्फबाट शैक्षिक, सांस्कृतिक, व्यापारिकलगायत स्काउट, स्वयम्सेवक क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । विभिन्न कारणले बाह्य पर्यटकहरू प्रभावित हुन सक्ने हु“दा आन्तरिक पर्यटकहरूलाई विशेष जोड दिइएको यसपालिको महोत्सवमा करिब आठ लाख जनाले अवलोकन गरेको अनुमान गरिएको बताउ“दै उहा“ले महोत्सव नगरको प्रतिभा र एकता प्रदर्शन गर्ने अवसर भएको पनि बताउनुभयो । कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष एवं वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले नया“ पुस्ताको लागि महोत्सव नया“ अनुभव भएको उल्लेख गर्दै महोत्सवका पा“च दिन भक्तपुर सिङ्गै एउटा खुला विश्वविद्यालय जस्तो भएको बताउनुभयो । महोत्सवका पा“च दिनमा सिक्नेहरूका लागि धेरै सिक्ने अवसर मिलेको बताउ“दै महोत्सव अवधिभर नगरवासीले खानेपानी, शौचालय स्वतः स्फूर्त रूपमा व्यवस्था गरिदि“दा अवलोकनकर्ता कसैलाई त्यसबारे गुनासो गर्ने ठाउ“ नभएको जानकारी दिनुभयो । वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापति, प्राचार्य धनकुमार श्रेष्ठ र वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले पनि बोल्नुभएको थियो । कार्यक्रममा वागीश्वरी तीनओटै संस्थाबाट भक्तपुर महोत्सवमा सक्रिय सहभागिता जनाएका २२५ जनालाई धन्यवाद पत्र वितरण गरिएको थियो ।