सकियो मध्यपुर थिमि नगरपालिकाको नगरसभा अधिवेशन


पुष २९, २०८१, सोमबार | दिउँसो ०२:२३ बजे | 35


सकियो मध्यपुर थिमि नगरपालिकाको नगरसभा अधिवेशन

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारी ऐन २०७९ को पहिलो शंशोधन विधयक २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको ११ औं नगरसभा अधिवेशले विधयक स्वीकृत गर्ने निर्णय गरेको हो । विधेयक स्वीकृत भएसँंग नगरपालिकाभित्र भइरहेको सहकारी ठगीको समस्या समाधानमा ल्याउन न्युनीकरण हुने विश्वास गरिएको छ । जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये मध्यपुर थिमि नगरपालिकाभित्र पनि सहकारी ठगीको समस्या छन् । यसअघि पहिलो पटक मध्यपुर थिमि नगरपालिकाले सहकारी ऐन २०७९ बनाएको थियो । नगरसभाले अन्य विभिन्न ६ वटा निर्णयहरु पनि पारित गरेको नगरपालिकाका प्रवक्ता एवं मध्यपुर थिमि नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कृष्णहरि आचार्यले बताए ।

Comments