मानवअधिकार तथा सामाजिक न्याय मञ्चकाे साताैं काठमाडौं जिल्ला अधिवेशन सम्पन्न
पुष २९, २०८१, सोमबार | विहान ११:१७ बजे | 35
काठमाडाैं, २८ पुस । मानवअधिकार तथा सामाजिक न्याय मञ्चकाे साताैं काठमाडौं जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । मानवअधिकारअलाइन्सका केन्द्रीय महासचिव विदुर सुवेदीकाे प्रमुख अतिथ्यतामा भएकाे मञ्चकाे साताैं काठमाडौं जिल्ला अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गरेकाे छ । मानवअधिकार तथा सामाजिक न्याय मञ्चका पूर्व अध्यक्ष कृष्ण थापाले निलाे ज्याकेट भन्ने पहिचानले गर्दा मानवअधिकारमा बल थप भएकाे बताउनुभयाे । उहाँले हालकाे अध्यक्ष माेहन दँगालकाे टिममा यूवाहरूकाे क्रियाशिल टिम भएकाले मानवअधिकारकाे कद उँचाे भएकाे बताउनुहुँदै अव बन्ने टिम पनि यस्तै क्रियाशिल बनेर निलाे ज्याकेटलाई सकेसम्म क्रियाशिल बनाएर सडकमा परिचालन गर्नुपर्ने बताउनुभयाे । कार्यक्रममा अलाइन्सकाे केन्द्रीय सल्लाहकार डा कृष्ण सुवेदीले विश्व रङ्गमञ्चमा मानव अधिकारकाे अभियानमा नेपालकाे अग्रणी स्थान कायम बताउँदै यूवाहरूकाे टिमले क्रियाशिल बनेर काम गरिरहेकाे बताउनुभयाे । उहाँले कवितात्मक शुभकामना पनि दिनुभएकाे थियाे । उहाँले महत्वपूर्ण तीन वटा बुँदागतरूपमा विषयबस्तुसहित सिन्धुपाल्चाेककाे सिन्धु मिलन केन्द्रकाे अध्यक्ष रहँदा संस्थापकमा सिन्धु मिलन केन्द्र र डा कृष्ण सुवेदी हुनुपर्ने पनि बताउनुभयाे । उहाँले सुरू गर्नुभएकाे अलाइन्समा अन्तिम पटककाे बैठकमा आफु नपुग्दा पक्कै पनि संस्थापककाे अभिलेखमा नाम छुटिन पुगेकाे हाे कि भन्ने रहेकाे बताउनुभयाे । नेकपा एमालेका केन्द्रीय सदस्य तथा एलाइन्स ईन्चार्ज विष्णु रिमाल कार्यक्रमकाे प्रमुख बक्ताका रूपमा रहनुभएकाे थियाे । उहाँले अलाइन्सबाट नेकपा एमालेले केहि अपेक्षा गरेकाे बताउनुहुँदै पार्टीकाे २३वटा जनसंगठन भएकाे र त्यस मध्य मानवअधिकार अलाइन्स पनि एउटा जिम्मेवार जनसंगठन भएकाे बताउनुभयाे । उहाँले सामाजिक न्यायकाे क्षेत्रमा, मानव अधिकारकाे क्षेत्रमा नेकपा एमालेका एजेन्डालाई कार्यान्वयन गराउने अलाइन्सबाहेका नेकपा एमालेकाे अरू काेही संस्था याे क्षेत्रमा नभएकाे बताउनुभयाे । उहाँले नेकपा एमालेसंग सम्वद्द रहेकाे संस्था भन्दै नारा लगाएर, झण्डा बाेकेर हिँड्न नपर्ने बताउनुभयाे । ईन्चार्ज रिमालले नारा लगाउन र झण्डा बाेक्न पार्टीकाे अरूनै संगठन भएकाे भन्दै सामाजिक न्याय र मानवअधिकारकाे क्षेत्रमा कलात्मक ढंगले नेकपा एमालेका मान्यता स्थानीय तहमा स्थापित गराउन सक्नु नै नेकपा एमालेकाे सफलता हुने बताउनुभयाे । कार्यक्रममा अध्यक्ष तथा सभापति माेहन दँगालले तीन वर्षे कार्यकालमा मानवअधिकारकाे क्षेत्रमा लाग्न मार्गदर्शन मिलेकाे बताउनुहुँदै मानवअधिकार रक्षकहरू, मानवअधिकारका लागि गठन भएकाे राष्ट्रिय सञ्जाल संगठनहरूले पैरवी गर्ने खवरदारी गर्ने कामहरू गर्नुपर्ने बताउनुभयाे । उहाँले यूवाहरूकाे जाेस र वैयश्कहरूकाे हाेशकाे समिश्रण भएर जति मानवअधिकारका अभियानलाई अगाडी बढाउन सकिन्छ त्याे जतिकाे उच्चतम र गुणस्तरीय मानवअधिकार अरू कुनैपनि हुन नसक्ने बताउनुभयाे । कार्यक्रममा उपमहासचिव तिलाेत्तम पाैडेल, सचिव विष्णु खत्री, काेषाध्यक्ष पिवन्त न्याैपाने, श्याम श्रेष्ठ, देविका तिमिल्सिना, कृष्ण थापालगायतकाे विशेष उपस्थिति रहेकाे थियाे भने ललिता उप्रेती, ताेयनाथ तिवारी लगायतकाे नयाँ कार्यसमिति निर्माण भएकाे छ ।