स्कुल सञ्चालनका चुनौतीहरुबारे शनिबार छलफल हुने


पुष ३, २०७७, शुक्रबार | विहान ११:०८ बजे | 30


भक्तपुर । कोभिडका कारण ९ महिनादेखि वन्द रहेका शैक्षिक संस्थाहरु खुल्न थालेपछि त्यसबारेको बहस सुरु भएको छ । यसै सन्दर्भमा कम्पास (युवाहरुको समूह)ले रिज्युमिंग स्कुल्स् ः च्यालेन्जेज एण्ड अपच्र्युनिटिज् (स्कुल सञ्चाल अवसर चुनौती) बारे जुम छलफल चलाउने भएको छ । शनिबार बेलुकी पाँंच बजे दुई जना विशिष्ट व्यक्तित्वहरुलाई राखेर छलफल चलाउने कम्पासले जनाएको छ । शुक्रराज टपिकल एण्ड इनफेक्सन डिजिज हस्पिटलका प्रवक्ता डा शेरबहाुर पुन र संस्थागत विद्यालय संघ नेपाल (इसान) का केन्द्रिय अध्यक्ष प्रेमजन थापालाई राखेर जुम छलफल गर्न खोजेको हो । थापा नेपाल मजदुर किसान पार्टी निकटको संस्थागत विद्यालयहरुको संस्था इसानका अध्यक्ष हुन् । हालै मात्रै नेपाल मजदुर किसान पार्टीको प्रभुत्व रहेको भक्तपुर नगरपालिका क्षेत्रमा नगरपालिकाले निर्णय गरी पुस १ गतेदखि कक्षा ८, ९ र १० को कक्षा सञ्चालन गर्ने निर्णय भएको थियो । यद्यपि जिल्लाको मध्यपुर थिमिलगायत काठमाडौं महानगरपालिकाले पनि तत्कालका लागि स्कुलहरु नखोल्ने निर्णय गरेको छ ।
कम्पासले यसअघि पनि कोभिडसँंग सरोकार राख्ने विभिन्न विषयका विषय विज्ञलाई ल्याएर पटक पटक यस्ता छलफल चलाइसकेको छ ।  
भक्तपुर नगरपालिका क्षेत्रभित्रका स्कुलहरु खुले पनि जिल्लाकै मध्यपुर थिमि नगरपालिका क्षेत्रका शैक्षिक संस्थाहरु तत्काल नखुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गरी तत्काल नगरभित्रका स्कुल कलेजहरु नखोल्न सूचित गरेको छ । लुकिछिपी शैक्षिक संस्थाहरु खुलेको सूचनाको आधारमा अनुगमन गर्दा शैक्षिक संस्थाहरु खुलेको पाइएको भन्दै नगरपालिकाले बन्द गर्न सूचित गरेको छ । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव ज्ञानेन्द्र बनले स्कुलकलेज नखोल्न नगरभित्रका सवै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सूचित गरेको हो । कोभिड महामारीको कारण शैक्षिक सत्र २०७७ को सुरुवातदेखि नै शिक्षक सिकाई क्रियाकलाप अवरुद्ध रहेको र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिएको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ ले भोतिक रुपमा विद्यार्थी उपस्थित गराई प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न स्थानीय तहले अनुमति दिन सक्ने व्यवस्था रहे अनुसार सोही अधिकारको प्रयोग गरी स्कुल कलेज नखोल्न अनुरोध गरेको छ । तत्कालका लागि बैकल्पिक विधिबाथ मात्रै शिक्षण सिकाई गराउन नगरपालिकाले अनुरोध गरेको छ । अर्काे सूचना जारी नभएसम्म स्कुल कलेज नखोल्न पनि भनेको छ । भक्तपुरबाहेक अन्य दुई नगरपालिका सूर्यविनायक र चाँंगुनारायणका शैक्षिक संस्थाहरु प्नि खुल्न सकेका छैनन् ।

Comments