सकियो किपाःग्राफी भक्तपुरको नवौं बार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह
पुष २७, २०८१, शनिबार | विहान ०८:३७ बजे | 115
भक्तपुर । संम्पदा संरक्षणको लागि फोटोग्राफी भन्ने मुल नारा लिई अगाडि बडिरहेको किपाः ग्राफी भक्तपुरको नवौं बार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह शनिबार भक्तपुरमा सम्पन्न भएको छ । बाग्मती प्रदेश सभाका सभासद् सुरेन्द्रराज गोसाईंको प्रमुख आतिथ्यतामा ख्वप्रिङ्ग ईङ्गलिश एकेडेमी स्कुलको सभाहलमा सभ्य र भब्य रुपमा कार्यक्रम सम्पन्न भएको थियो । समारोहमा “सापारु फोटो प्रतियोगिता २०८१“ मा प्रथम, द्वितीय, तृतीय र सहभागी फोटोग्राफरहरुलाई प्रमुख अतिथीद्वारा पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभयो । कार्यक्रममा किपाःग्राफी भक्तपुरका सल्लाहकारहरु बलराम प्रजापति र अच्युत प्रजापतिले आ आफ्नो फोटोग्राफी सम्बन्धि बिचार राख्नुभयो । समारोह सुरेसराज शाक्यको सभापतित्वमा भएको थियो । कार्यक्रममा आयोजक संघका सहसचिब सुनिल लागेले सम्पूर्णमा स्वागत गरेका थिए । उपाध्यक्ष उज्वलचन्द्र बुद्धाचार्यले प्रतियोगिता सम्बन्धि जानकारी, सचिब बालकृष्ण प्रजापतिले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै रबिता किसीले सम्पूर्ण सहभागिहरुलाई धन्यबाद ब्यक्त गर्नुभयो ।