श्रमिक साप्ताहिकको अन्तरक्रिया
पुष ३, २०७७, शुक्रबार | विहान ०७:३२ बजे | 40
भक्तपुर । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको अयोजनमा श्रमिक साप्ताहिक बर्ष २७ अंक ४८, ३० मंसिर २०७७ को अन्तरक्रिया कार्यक्रम जुममा बिहिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिका सदस्य एबम् भनपा वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नेपाल मजदुर किसान पार्टीले ओलीको समर्थनमा होइन विधि र विधानहरु हुनपर्ने नीतिगत कुरा गरेको भन्नुभयो । उहा“ले ओलीको विकल्प प्रचण्ड हुन नसक्ने बताउ“दै प्रचण्ड प्रधानमन्त्री हु“दा सार्वभौमिकता झन कमजोरी देखिएको हुनाले फेरी सोही व्यक्तिले देशको नेतृत्व लिए देश भड्खालोमा जाकिने बताउनु भयो । उहा“ले प्रचण्ड, खनाल र माधव नेपाल प्रम भई सकेकाहरु फेरी भागबण्ड र पदको लागि झगडा गर्नु सही नेतृत्व नभएको बताउनु भयो । उहा“ले प्रमुख प्रतिपक्षी दल नेका भागबण्डा र बाहिर शक्ती र भित्री दक्षिणपन्थीहरुको उक्साहतमा सडकमा आएको तर आफूहरु त्यतिका बर्ष सत्तँमा रह“दा केही नगर्ने सत्ता बाहिर हु“दा विरोध गर्ने परिपाटी नै समस्या देखिएको भन्नु भयो । उहा“ हिमालय महाभुल चीन तिब्बतसंग भारतको युद्धबारे कुरा राख्दै फासीवादी चरित्र मोदीको कारण पत्रकारहरु उनकै जयजयकार गर्नु पर्ने र विरोधमा लेखे ज्यान सजाय वा झुठा मुद्दामा फसाउने बताउनुभयो । उहा“ले पत्रकार सिद्धर्थ भातिया कम्युनिष्ट नभएपनि निरन्तर फासीवाद विरुद्ध कलम चलाई रहेको बताउ“दै चीनको सीमा अतिक्रमण गर्न नेहरुको पालादेखि लागि परेको साथै भारतीय सेना प्रमुखले सेनाहरुलाई उस्काएर युद्धमा होमिनु पर्ने गरी ग्लोबलशैलीमा कार्य गरेकोले बेलायती साम्राज्यवादी उपनिवेशमा परेको भारत बेलायतले छोडेर गएपनि साम्राज्यवादी चरित्र नगएको बताउनु भयो । उहा“ले चीनको मानवीय व्यवहारले भारतीय सेना प्रभावित भएको हिमालय महाभुल सेनाको लेखमा रहेको बताउ“दै पाकिस्तान विरुद्धपनि भारतीय सेनालाई उस्काई रहेको बताउनुभयो ।
कार्यक्रम नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष संजय मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उहा“ले श्रमिकको सम्पादकीयमा रहेको नेता नै पार्टी हो, पार्टी नै नेता हो ! शिर्षकमा र गोदी र राकस्था मोदी फासीवादको पतन शिर्षकमा, सचिब रामकृष्ण प्रजापतिले प्रज्ज्वलको विद्यालय संचालनबारे सरकार विभाजित किन ? र विद्यालय सञ्चालन गर्ने सन्दर्भमा एक छलफल शिर्षकमा, केबि प्रजापतिले वसन्त खत्री नेपाल र चीनबीच जटिल सीमा समस्या छैन शिर्षकमा, राम छुस्याकीले आर्थिक समानताको लै·िक समानताको अर्थ शिर्षकमा र कृष्णश्वरी दुवालले उखु किसान आन्दोलन तराईका जिल्लाहरुमा पु¥याउनुपर्छ भने पाठक स्तम्भ बारे अन्तरक्रियामा आ–आफ्नो धारणा राख्नु भएको थियो ।