प्रधानमन्त्रीसमक्ष नौबुँंदै समाधानपत्र


पुष २४, २०८१, बुधबार | विहान ०७:५६ बजे | 25


प्रधानमन्त्रीसमक्ष नौबुँंदै समाधानपत्र

काठमाडौं । प्रधानमन्त्री के पी शर्मा ओलीसमक्ष जनबर्गीय सगठन इन्चार्ज भानुभक्त ढकाल, उद्योग ब्यबसायी महासघ इन्चार्ज रचना खडकासहित नेपाल निर्माण उद्योग परिषदका अध्यक्ष बलीभद्र रानाको नेतृत्वको एक प्रतिनिधीमण्डलले भेटघाट गरेको छ । भेटघाट गरी निर्माण व्यवसाय क्षेत्रको वर्तमान अवस्था, समस्या र चुनौती सम्बन्धमा तयार पारिएको निम्न दररेट कबोल गर्ने परम्पराको अन्त, मूल्यबृद्धि अनिवार्य समायोजन गरिनुपर्ने, रुग्ण रहेका आयोजनाहरुको निकास, बक्यौता रहेको रकमको यथासिघ्र भुक्तानी, साना निर्माण ब्यबसायिहरुलाई कामको अबसर सृजना गर्ने, उपभोक्ता समितिले सार्बजनिक निर्माण कार्य गर्न पाउने रकमको हद, निर्माण ब्यबसायीलाई गरिने अनावश्यक कारवाही, न्यून बोलकबोल गरे पनि क्षमता भन्दा बढी आयोजनाको जिम्मेवारी दिन नहुने आदिसहित तयार पारिएको ९ बुदे समाधानपत्रको माध्यमबाट सरकारको ध्यानाकर्षण गराएको परिषदका महासचिव राम शरण देउजाले बताउनुभयो । उक्त अबसरमा प्रधानमन्त्री ओलीले परिषदका निर्वाचित पदाधिकारी सबैलाई बधाई तथा शुभकामना पनि व्यक्त गर्नुभयो । परिषदले औल्याएका निर्माण व्यवसायका समस्या समाधानमा सरकार सकारात्मक रहेको, निर्माण उद्योगको महत्त्वबारेमा आफु जानकार रहेकोले समस्या सम्बोधन हुनेमा ढुक्क रहन प्रधानमन्त्री ओलीले आस्वस्त गराउनुभयो ।

Comments