भूकम्पको धक्काले आत्तिएर घरको छतबाट हाम फालेपछि......
पुष २३, २०८१, मङ्गलबार | विहान ०७:०९ बजे | 125
मंगलबार बिहान गएको भूकम्पको धक्काले आत्तिएर काठमाडौंमा एक व्यक्ति घरको छतबाट हाम फालेका छन्। नागार्जुन नगरपालिका वडा नम्बर १० स्युचाटार निवासी एक जना पुरूष छतबाट हामफालेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिए। दुवै खुट्टामा चोट लागेका उनको अहिले मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले बताए।