बालकुमारी सहकारीको कारोबार दुई अर्ब १३ करोड
पुष २१, २०८१, आइतबार | विहान ११:२८ बजे | 35
सागर गुरागाईं मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ शंखधरचोकस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कारोबार २ अर्ब १३ करोड ३८ लाख रुपैंया पुगेको छ । संस्थाको २४ औं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले उक्त जानकारी दिनुभएको छ । अध्यक्ष श्रेष्ठले सञ्चालक अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्ष २०८०=०८१ मा ३ करोड ३३ लाख २० हजार ५ सय रुपैंया खुद नाफा गरेको जानकारी दिनुभयो । संस्थाको शेयर पुँजी १३ करोड ७० लाख ९७ हजार ८ सय रुपैंया पुगेको जानकारी दिदैं अध्यक्ष श्रेष्ठले भावी योजनाबारे बुँदागत जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघ नेपालकी महाप्रबन्धक चित्राकुमारी सुब्बाले सहकारी र बैंक बीचको भिन्न्ता देखाउँदै स्थानीय बासिन्दाद्धारा समूदायमा आधारित बालकुमारी सहकारी भक्तपुर जिल्लाकै उदाहरणीय सहकारी भएको बताउनु भयो । संस्थाका सचिव पृथ्वीराम श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष महेन्द्रकुमार जोशीले संस्थाको गतिविधि सहित स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा जिल्ला बचत संघ भक्तपुरका संचालक एवं बालकुमारी साकोसका पूर्व अध्यक्ष पञ्चकृष्ण श्रेष्ठ, मध्यपुर थिमि नगरपालिका सहकारी शाखाका प्रमुख अभयन्द्र रञ्जित, जिल्ला सहकारकी संघ भक्तपुरका सचिव रामप्रसाद कासुला, शंखधर साकोसका अध्यक्ष श्याम श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले समुदायमा आधारित नीति, विधि र प्रविधियुक्त सहकारीमा कुनै समस्य नरहेको भन्दै बालकुमारी साकोसका सामाजिक कार्यहरुको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नूभयो । कार्यक्रममा आदर्श मावि लाय्कुमा अध्ययनरत २ जना र बालप्रेमी मावि सुँगाटोलमा अध्ययनरत २ जना गरी ४ जना छात्रछात्रालई नगदसहित छात्रवृत्ति प्रदान गरिएको थियो । त्यसैगरी संस्थाका जेष्ठ शेयर सदस्यहरु महिला र पुरुष गरी ४ जनालाई दोसल्ला र नगद सहित सम्मान गरिएको थियो । गतवर्षको एसर्ईई परीक्षामा उत्कृष्ट अकं हासिल गरेको शेयर सदस्यका ४ जना छोराछोरीलाई पनि नगद सहित सम्मान गरिएको उक्त कार्यक्रममा संस्थाद्धारा आयोजित विभिन्न तालिमका प्रशिक्षकरुलाई पनि कदरपत्र प्रदान गरिएको थियो । शेयर सदस्यहरु मध्ये स्नातकोत्तर तह र पिएचडी उत्तीर्णहरुलाई पनि सम्मान गरिएको उक्त कार्यक्रममा इन्द्रजात्राको भोलिपल्ट मध्यपुर थिमिको स्थानीय दिगुटोलमा दोस्रो पटक जिब्रो छेडाएका साहसी व्यक्ति विरेन्दभक्त गजु श्रेष्ठलाई नगद रु. १० हजार सहित विशेष सम्मान गरिएको थियो । जिब्रो छेडाएका श्रेष्ठले साँझमा जिब्रो छेडाएर करिब ३० केजिको महाद्धिप बोकेर खाली खुट्टा पशुपतिनाथको मन्दिर र गुहेश्वरी मन्दिरको परिक्रमा एवं दर्शन पछि पुनः फर्किएर बालकुमारीमा आई जिब्रो छेडेको सुइरो निकालेका थिए । संस्थाका कोषाध्यक्ष सुदिप श्रेष्ठले आर्थिक प्रतिवेदन सहित धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा एकदशकभन्दा लामो समयदेखि निरन्तर बालकुमारी साकोसको व्यवस्थापकीय भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आउनु भएका व्यवस्थापक सुजेन्द्र श्रेष्ठलाई कदरपत्र सहित सम्मान गरिएको थियो । बालकुमारी साकोसमा कार्यरत कार्यालय सहायक प्रविण श्रेष्ठ र जुनियर सहायक नानीकेशरी प्रजापतिलाई वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार नगद १०=१० हजार रुपैंया सहित सम्मान गरिएको थियो । थिमि बेंक्वेटमा भएको कार्यक्रममा संस्थाका आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य, शिक्षा, तालिम आदिबारे बुँदागत जानकारी दिदैं संचालक सचिव पृथ्वीराम श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा लेखा संयोजक चन्द्रमोहन जोशीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।