भक्तपुर । झण्डै दस करोड लगानीमा भक्तपुरमा नेपालकै ठूलो इको प्यानल (इटाको विकल्पमा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने) उत्पादन उद्योग सचालनमा आउने भएको छ । २०७८ वैशाखदेखि उत्पादन सुरु गर्ने योजनाका साथ इको प्यानल नेपालले अहिले धमाधम काम गरिरहेको छ ।
भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलको १० रोपनी जमिन लिजमा लिई अहिले त्यहाँं निर्माणको कामहरु भइरहेको हो । अहिले त्यहाँं वेयर हाउस (मेशिन राख्ने ठाउँ) को निर्माण कार्य भइरहेको छ ।
इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले चीनबाट आवश्यक मेशिन ल्याउने सम्झौता भइसकेको जानकारी गराए । उद्योगका लागि आवश्यक मेशिन ल्याउनका लागि चीनको फुजियानस्थित एस एल मेशिनरी म्यानफ्याक्चरर कम्पनी लिमिटेडसँंग मेशिन खरिद गर्न र स्थापनाका लागि सम्झौता भइसकेको जानकारी सीईओ इन्जिनियर दुवालले गराए ।
उद्योगले विभिन्न इको प्यानलहरुको उत्पादन गर्नेछन् । इपीएस, बालुवा, सिमेन्ट र दुईतिर क्याल्सिएम सिल्केट बोर्ड राखेर इको प्यानल उत्पादन हुने जनाइएको छ । साथै कम्पनीले नेपालमै पहिलो पटक इनोभेटिभ इको प्यानल एरेटेड स्यानवीच इको प्यानल (दुईतिर साढे चार एमएमको क्याल्सिएम सिल्केट वोर्ड र वीचमा बालुवा सिमेन्ट र विशेष प्रकारको हलुका बनाउने केमिकल मिसाएर) बनाइने दावी गरेको छ । जसलाई चलनचल्तीको भाषामा एरेटेड स्यानवीच इको प्यानल पनि भनिन्छ ।
इको प्यानल उद्योगका धेरै विशेषताहरुमध्ये एउटा विशेषता क्लिन इनर्जीको मात्रै प्रयोग हुने जनाइएको छ । इको प्यानल उत्पादनका लागि शतप्रतिशत क्लिन इनर्जी मात्रै प्रयोग गर्ने कम्पनीले जनाएको छ अर्थात् इको प्यानलको उत्पादनमा डिजेललगायतका प्रयोग नगरी विद्युतको मात्रै प्रयोग गर्ने जनाएको हो ।  
कम्पनीको वार्षिक क्षमता पाँंच लाख वर्ग मिटर इको प्यानल उत्पादन गर्ने रहेको छ । यसका लागि आवश्यक तयारीहरु तीव्र गतिमा धमाधम भइरहेको जनाइएको छ । सस्टेनेवलिटी इन कन्सटक्सन टेक्नोलोजी (निर्माण प्रविधिमा दीगोपना) नाराका साथ कम्पनीले आफनो उत्पादन थाल्ने जनाएको छ ।
निर्माण सामाग्रीको दुनियाँंमा पछिल्ला वर्षहरुमा विभिन्न नयाँंनयाँं निर्माण सामाग्रीहरु उत्पादन भइरहेका छन् । यस क्रममा इको प्यानल पनि एक हो । इटाको विकल्पमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा इको प्यानलको प्रयोग हुन्छ । हलुका, भूकम्प प्रतिरोधी हुनुलगायतका यसका मुख्य विशेषताहरु हुन् । 
...

All Comments.......


Please Login/Register To Comments