पत्रकार थापालाई शहिद बैकुण्ठहरि स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार प्रदान


पुष २१, २०८१, आइतबार | विहान ०९:०३ बजे | 135


पत्रकार थापालाई शहिद बैकुण्ठहरि स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार प्रदान

वरिष्ठ पत्रकार बलराम थापालाई शहिद बैकुण्ठहरि स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शहिद बैकुण्ठहरि श्रेष्ठको स्मृतिमा प्रेस सेन्टर नेपाल, भक्तपुरले स्थापना गरेको सो पुरस्कार तेस्रो अधिवेशनको अवसर पारेर वरिष्ठ पत्रकार थापालाई प्रदान गरिएको हो । थापाले पत्रकारितामार्फत देश, जनता र सर्वहारा वर्गलाई हित पुर्याएको योगदानको उच्च कदर गर्दै पुरस्कार दिइएको प्रेस सेन्टर भक्तपुरले जनाएको छ । पुरस्कारको राशी रु १० हजार नगद र सम्मान पत्र रहेको प्रेस सेन्टर भक्तपुरका निवर्तमान अध्यक्ष संजीप घिमिरेले बताएका छन् । सो अवसरमा नेपाल पत्रकार महासंघको केद्र, प्रदेश र जिल्लामा निर्वाचित प्रेस सेन्टरमा आवद्ध पत्रकारलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका नेकपा(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले जनपक्षीय पत्रकारलाई राज्यले प्रेरित गर्नु पर्ने आवश्यकता औल्याए । महासचिव गुरुङले पद र प्रतिष्ठालाई केद्रविन्दुमा राखी सत्तापक्षले विपक्षीहरुलाई सत्रुतापूर्ण ब्यवहारमा गरिरहेको समेत जानकारी गराए । यस्तो प्रवित्तिले नेतान्याहु जन्मने खतरा भएको भन्दै उनले प्रेस जगतले उनीहरूलाई समयमै सच्याउन सक्नुपर्नेमा जोड दिए । बहुदलमा दलहरूबीच प्रतिस्पर्धा हुनुपर्नेमा निषेधको सोच बढ्नु प्रत्युत्पादक हुने उनको भनाइ छ । दलाल पूजीवादले सर्वसत्तावादलाई बढावा दिएको बताउदै महासचिव गुरुङले विश्व साम्राज्यबादको लाइन पनि यहीँ भएको उल्लेख गर्दै नेपालमा वर्तमान सरकार गठन यसैको पटाक्षेप भएको आरोप लगाए ।वर्गीय अन्तर्विरोध पहिचान गरि अघि बढ्नुपर्ने आवश्यकता औल्याउदै उनले तबमात्र समाजवाद सम्म पुग्न सकिने बिचार ब्यक्त गरे ।

Comments