शुक्रबार र शनिबार काठमाडौंका यी क्षेत्रमा बत्ती जाने
पुष २, २०७७, बिहीबार | दिउँसो ०३:०१ बजे | 30
काठमाडौं । शुक्रबार र शनिबार काठमाडौंका विभिन्न क्षेत्रमा बत्ती जाने भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाले शुक्रबार बिहान ७ देखि १ र शनिबार अपराह्न १२ देखि ३ बजेसम्म बत्ती जाने भएको हो।
प्राधिकरणले जारी गरेको सूचना अनुसार उक्त सबस्टेसनबाट विपतरीत बालाजु औद्योगिक क्षेत्र १, बालाजु औद्योगिक क्षेत्र २, ढुंगेधारा, महाराजगञ्ज २, नयाँबजार र धर्मस्थली फिडर सटडाउन हुने छ। र, ती क्षेत्रमा बत्ती जाने प्राधिकरणले जानकारी दिएको छ।