श्रमिकको अध्यक्षमा मचामसी निर्वाचित


पुष २०, २०८१, शनिबार | दिउँसो ०१:३४ बजे | 150


श्रमिकको अध्यक्षमा मचामसी निर्वाचित

भक्तपुर । श्रमिक वचत तथा श्रृण सहकारी संस्था लिमिटेड जगाती भक्तपुरको अध्यक्षमा कृष्णनारायण मचामसी निर्वाचित भएका छन् । लिमिटेडका शनिबार भएको २१ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले मचामसी सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । संस्थाको उपाध्यक्षमा ज्ञानभक्त मचामसी, सचिवमा श्रीप्रसाद तुइतुई र कोषाध्यक्षमा लक्ष्मीसुन्दर सुवाल चुनिएका छन् । यस्तै सदस्यहरुमा दिनेश ग्वाछा, विष्णुप्रसाद त्वायना, गणेशराम सुवाल, रोशन मचामसी र रामलक्ष्मी गोसाई कवां चुनिएका हुन् । यसअघि साधारणसभा तथा अधिवेशनको उदघाटन नेपाल मजदुर किसान पार्टीकी केन्द्रिय सदस्य तथा पूर्व संविधान सभा सदस्य अनुराधा थापामगरले गरेकी थिइन् ।

Comments