उदय साकोसद्वारा साबुन बनाउने तालिम सम्पन्न
पुष २०, २०८१, शनिबार | विहान ०९:३१ बजे | 40
भक्तपुर, पुष २० । लिवाली ८ स्थित उदय बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार एक दिने झोल साबुन र डल्लो साबुन बनाउने तालिम सम्पन्न गरियो । सदस्यहरुको सीप विकास र प्रवद्र्धन गर्ने उद्देश्य बमोजिम संचालन भएको उक्त तालिलमा साधारण सदस्य, उपसमिति तथा कर्मचारी गरी २२ जना प्रशिक्षार्थी रहेको संस्थाका व्यवस्थापक पुण्यराम गोसाईले जानकारी दिनुभयो । संस्थाले बचत तथा व्यवसाय प्रवद्र्धन उपसमितिको आयोजनामा आगामी माघ ७,८ र ९ गते रु. २०० मा ग्यास चुल्हो, फ्रिज, मिक्सचर तथा इलेक्ट्रिक हिटरको सामान्य तथा आधारभूत सीप र ज्ञानसहित तीन दिने घरेलु उपकरण तालिममा सहभागिता जनाउन माघ ५ गते भित्र नाम दर्ताको आहवान गरिएको छ ।