बालकोट घटना मेन्टल डिसअर्डरका कारण ः सिडिओ अर्याल


पुष १९, २०८१, शुक्रबार | दिउँसो ०३:२७ बजे | 60


बालकोट घटना मेन्टल डिसअर्डरका कारण ः सिडिओ अर्याल

भक्तपुर । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले हालै भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटमा भएको दुर्घटना मेन्टल डिसअर्डरका कारण भएको बताएका छन् । शुक्रबार भक्तपुरमै भएको एक कार्यक्रममा उनले सुरक्षाको कमीकमजोरीका कारण घटना नभएको बताए । बालकोटमा केही दिन अगाडि आफनै छोराले बुबा र भाइको हत्या गरी आफूले पनि आत्महत्या गर्न खोजेको थियो । बुबाको इच्छा आफूले सरकारी जागिर प्राप्त होस् भन्ने रहेको तर बारम्वार प्रसास गर्दा पनि सफल नभएपछि दुःखबाट मुक्ति उपाय मृत्यु भन्दै ती युवकले आफनै पिता र भाइको हत्या गरी आफूले पनि आत्महत्याको बाटो रोजेका थिए । तर ती युवा भने बाँंचेका थिए ।

Comments