भक्तपुर हस्तकला संघको अध्यक्षमा दुवाल निर्वाचित
पुष १८, २०८१, बिहीबार | विहान ११:४३ बजे | 50
भक्तपुर । भक्तपुर हस्तकला संघको अध्यक्षमा कृष्णराम दुवाल निर्वाचित भएका छन् । संघको बिहीबार भक्तपुरमा भएको छैटौं अधिवेशन तथा १२ औ र १३ औ साधारणसभाबाट दुवालको अध्यक्षतामा ९ सदस्यीय नयाँं कार्यसमिति चयन भएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र नापित, सचिवमा विश्वराम दुवाल र कोषाध्यक्षमा सागर चित्रकार चुनिएका छन् । सदस्यहरुमा दीर्घायु प्रजापति, बिकुबहादुर श्रेष्ठ, सचित श्रेष्ठ, बुद्धराम शिल्पकार र जमुना राजचल चयन भएका छन् । यसअघि अधिवेशनको उदघाटन नेपाल हस्तकला महासंघका केन्द्रिय अध्यक्ष प्रचण्ड शाक्यले गरेका थिए । उदघाटन कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोदेका वडा अध्यक्ष रमेश थापा श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँं धौबञ्जा, भक्तपुर चेम्वर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संघका अध्यक्ष शम्भु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।