मानन्धर ब्यायाम मन्दिरको ३२ औं वार्षिकोत्सब तथा १३ औं अधिवेशन सम्पन्न


पुष १८, २०८१, बिहीबार | विहान ०८:५३ बजे | 215


मानन्धर ब्यायाम मन्दिरको ३२ औं  वार्षिकोत्सब तथा १३ औं अधिवेशन सम्पन्न

भक्तपुरको वडा नं. ९ स्थित साःकोलां,थाथुसःमा मानन्धर ब्यायाम मन्दिरको ३२ स्थापना दिवस ,वार्षिकोत्सब तथा १३ औं अधिवेशन एक समारोहबीच सम्पन्न भयो । समारोहको भक्तपुर नगरपालिकाका ९ नं. का वडाध्यक्ष श्री रबिन्द्र ज्याख्वको प्रमुख आतिथ्यत्वमा त्वादेवा ( पानस) मा दीप प्रज्वलन गरि उद्घाटन भयो । प्रमुख अतिथिले वडाबासीहरूको नजिकको सरकार भनेको वडा कार्यालय हो र प्रतक्ष्य सरोकार हुने भएकोले वडा कार्यालय बारे वडाका बासिन्दाले चासो दिनु पर्ने बताउनु भयो । साथै क्लबको समारोहमा सहभागी भएर नयाँ कुरा सिकेको बताउनु भयो । विशेष अतिथि साबित ३ का पू्र्व वडाध्यक्ष बिष्णुबहादुर मानन्धरले टोलमा रहेको दाफा भजन, बाजागाजा संरक्षणमा युवाहरू लाग्नुपर्ने बताउनुभयो । समारोहमा साःकोलां दाफा भजनका नाईके, धनबहादुर मानन्धर,सिलाचह्रे गुथिका नाईके बुद्धिबहादुर मानन्धर, वडा सदस्य ज्ञानबहादुर मानन्धर (ठुलो) संस्थापक अध्यक्ष सुर्यबहादुर मानन्धर, भक्तपुर उद्योग बाणिज्य संघका नि.अध्यक्ष शिव मानन्धर,सल्लाहकार रामकृष्ण मानन्धर, नि.अध्यक्ष ज्ञानबहादुर मानन्धर (सानो) नमोबुद्ध बचत कोषका अध्यक्ष बिष्णुबहादुर मानन्धर(सानो) समाज र टोलमा विभिन्न गतिविधि गर्नुपर्ने बताउनु भयो । मानन्धर ब्यायाम मन्दिरका अध्यक्ष अष्टलाल मानन्धरको सभापतित्वमा भएको समारोहमा स्वागत उपाध्यक्ष जीवन मानन्धरले गर्नु भयो । त्यस्तै सचिब चन्द्रबहादुर मानन्धरले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष राजकुमार मानन्धरले आर्थिक प्रतिवेदन दिनुभयो । दोस्रो बन्द शेसनबाट जीवन मानन्धरको नेतृत्वमा अध्यक्ष जीवन मानन्धर उपाध्यक्ष चन्द्रबहादुर मानन्धर सचिव लक्ष्मीप्रसाद मानन्धर सहसचिव : राजकुमार मानन्धर कोषाध्यक्ष हिराकजी मानन्धर सह-कोषाध्यक्ष सानुमाया मानन्धर सदस्य : दिपेन्द्र मानन्धर " पूर्णलक्ष्मी मानन्धर सरिता मानन्धर सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियोे । समारोह संगै दिपावली : मानन्धर ब्यायाम मन्दिर, प्राङ्गण, साःकोलां, भक्तपुर -९ मा दीपावली पनि गरिएको थियोे ।

Comments