काठमाडौँमा भूकम्पको धक्का महसुस
पुष १८, २०८१, बिहीबार | विहान ०७:२९ बजे | 120
काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ। बिहीबार एक बजेर तीन मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। आधिकारिकरुपमा यसको मापन सार्वजनिक गरिएको छैन। काठमाडौँका विभिन्न स्थानका बासिन्दाले भूकम्पको धक्का महसुस गरेको सामाजिक सञ्जालमा पनि लेखेका छन्। थप विवरण आउन बाँकी छ ।