आज साँंझ गःहिटीमा श्रद्धाञ्जली सभा हुने


पुष १६, २०८१, मङ्गलबार | विहान ०५:०१ बजे | 155


आज साँंझ गःहिटीमा श्रद्धाञ्जली सभा हुने

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका एक सिद्धान्तनिष्ट कार्यकर्ता एवं समाजसेवी स्व.कुमार चवालको सम्झनामा आज मंगलबार साँंझ भक्तपुरको गःहिटीमा श्रद्धाजली सभा गर्ने भएको छ । नेमकिपा ४ वडा समितिले साँझ ४ः३० बजे गःहिटी चोकमा श्रद्धाञ्जली सभा गर्ने भएका हुन । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालसहितका अतिथिहरुले स्व. चवालप्रति श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । स्व. कुमार चवाल २०३४ सालदेखि निरन्तर रुपमा नेमकिपाको सिद्धान्त र निर्देशन अनुसार सक्रिय राजनीतिमा रहेको जनाएको छ । २०४२ सालको आन्दोलन र २०६० सालमा जेल जीवन बताएका थिए । । स्व. कुमार चवाल पिता तुल्सी चवाल र माता हिरामाया चवालको कोखबाट २०२० साल कार्तिक १४ गते लाकुलाछे टोलमा जन्मेका थिए । उहाँंका माता भने जिवित नै हुनुहुन्छ । उहाँंका श्रीमती, एक छोरा र चार छोरीहरु छन् । छोरीहरु सवैको विवाहको भइसकेको छ भने छोराको विवाह भइ एक सन्तान पनि छन् । २०३४ सालदेखि नेमकिपाको वर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघमा आबद्ध भएर सक्रिय भुमिकामा रहेका थिए । स्व.चवाल बालबालिकादेखि जेष्ठ नागरिकसम्मका लागि लोकप्रिय व्यक्तित्व थिए ।

Comments