६० भन्दा बढी समूहलाई धन्यबादपत्र प्रदान
पुष १५, २०८१, सोमबार | विहान ०९:२२ बजे | 170
भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर ७ खँचामा सोमबार धन्यबाद कार्यक्रम सम्पन्न भएको छ । मंसिर २८ देखि पुस २ गतेसम्म सम्पन्न भक्तपुर महोत्सव २०८१ मा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग दिनुहुने सम्पूर्ण स्थानीयबासीलाई धन्यवाद दिइएको थियो । भक्तपुर नगरपालिका नगर प्रमुख सुनिल प्रजापतिले सवैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा ६० वटा भन्दा बढी समूहलाई धन्यबाद पत्र प्रदान गरिएका थियो । पहिलो भक्तपुर महोत्सव २०५४ सालमा भएको थियो ।