महोत्सव जनताको एकता प्रदर्शन गर्ने अवसर


पुष १५, २०८१, सोमबार | विहान ०७:५८ बजे | 105


महोत्सव जनताको एकता प्रदर्शन गर्ने अवसर

भक्तपुर, १५ पुस । भक्तपुर नगरपालिका वडा नं. १० को आयोजनामा मंसिर २८ गतेदेखि पुस २ गतेसम्म भएको भक्तपुर महोत्सव सफलतापूर्वक सम्पन्न गर्न वडाभरीका सहयोगी संघसंस्था, विद्यालय, सरकारी कार्यालय, दाफा, भजन, बाजागाजा समूह, स्वय्मसेवक लगायतलाई धन्यवाद कार्यक्रम नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले महोत्सव भन्ने वित्तिकै जनताको एकता प्रदर्शन गर्ने अवसर भएको बताउँदै कस्तो भक्तपुर चिनाउने, पहिला र अहिलेको फरकका साथै भक्तपुर के हो ? भने महोत्सवले शिक्षा र ज्ञान दिएको बताउनुभयो । उहाँले भक्तपुर लाय्कु, टौमढी र दत्तात्रय स्क्वायर मात्र नभई गल्ली गल्ली चिनाउने उदेश्य अनुरुप महोत्सवमा क्वाठण्डौंमा बासुरी प्रतियोगिता राखेको बताउँदै आन्तरिक पर्यटक प्रवद्र्धन गर्न सफल भएको बताउनुभयो । उहाँले ठूलठूला दुर्घटना कोरोना, भुकम्प र युद्धले विदेशी पर्यटकहरु नआउने सम्भावना भएकोले अन्तरिक पर्यटकको भक्तपुरमा बसाई बढाउने सोचमा गरेको महोत्सवले भक्तपुरको सम्पदा, कला संस्कृति, परम्परागत हस्तकला, खाना महोत्सव उनीहरुको स्थानमा पनि विकास गर्ने छ भन्नुभयो । उहाँले प्रकृतिले दिएको हिमाल, जडिबुटी, बन्यजन्तु, चराचुरिङ्गीहरु जस्ता स्त्रोतसाधन र मानव निर्मित सम्पदाहरु हेर्न आउने भएकोले सरकारमा बसेका शासकहरुले यसको अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न नसक्दा ओझेलमा परेको महोत्सवले प्रचारप्रसार र सांस्कृतिक जगेर्नामा टेवा पु¥याएको बताउनुभयो । उहाँले विभिन्न मन्त्री र विभिन्न जिल्लाका जनप्रतिनिधिहरु भक्तपुरमा सामाजवादी मोडलले काम भएको भनि हेर्न आउने भक्तपुर पहिला पाइला टेक्न इट्टा विछ्याउनुपर्ने अवस्थालाई सुत्न मिल्ने गरी सफा भएको प्रशंसाहरु सुनाएको कुराहरु सुनाउनुभयो । उहाँले महोत्सवमा शौचालय लगायत सानोसानो कुराले नकारात्मक संन्देश नजाओस् भने चिन्तनमन्नलाई सबै नगरबासीहरुले सहयोग गरेकोकोमा धन्यवाद दिनुभयो । उहाँले जनताले गरेको सहयोगको प्रतिफल पनि जनताले नै पाउने बताउँदै महोत्सवले बाजागाजा, नाचगानका कलाकारहरुलाई व्यवसायीकरण गरी रोजगारी सृजना गर्ने बताउनुभयो । उहाँले जनता र नगरपालिकाको सम्बन्ध नङ्ग र मासु जस्तै भएकोले सम्पदा संरक्षणमात्र होइन नयाँ निर्माण पनि भई रहेको बताउँदै टेरेकोटाको घरहरु, कलेज, अस्पताल बनाएको र सरकारले स्विकृति नदिएकोले विश्वविद्यालय अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले भक्तपुर बनाउन पैसा भन्दा चरित्र मुख्य हुने बताउँदै सहयोगी भावनाले पाँचतल्ले मन्दिर, भैरब मन्दिर बन्ने जस्तै महोत्सवमा सीप कौशल प्रदर्शन भएको बताउनुभयो । उहाँले सीप नभएको व्यक्ति बेरोजगार हुने भएकोले नगरपालिकाले विभिन्न तालिमहरु दिएको बताउँदै खुसि जनता सुसि जनता हुने बताउनुभयो । उहाँले सहकारीमा ८७ अर्व अपचलन भएको तथ्याङ्कले नयाँ आएको सहकारी अध्यादेशले समुदायमा आधारित सहकारीहरुलाई अप्ठ्यारो पर्ने बताउनुभयो । कार्यक्रममा भुतपूर्व उपप्रमुख चैत्यराज शाक्यले महोत्सवमा सबैले आफ्नो क्षमता अनुसार सहयोग बताउँदै महोत्सवले पर्यटन प्रवद्र्धन भएको बताउनुभयो । उहाँले भक्तपुर अन्य उद्योग धन्दा विकास गर्न गा¥हो हुने भएकोले पर्यटन व्यवसाय नै भक्तपुरको आर्थिक विकास गर्ने बताउँदै कला संस्कृति नै यसको मुख्य सम्पत्ति हो भन्नुभयो । कार्यक्रममा बुद्धिजीवि पुष्परत्न शाक्यले नेपालमा भक्तपुरको जीवन पद्धती उन्नत भएको बताउँदै आनान्द, शान्तिपूर्वक जीवन यापन भक्तपुरमा मात्र सम्भव भएको बताउनुभयो । उहाँले बर्ष दिनको जात्रा, जन्मेदेखि मृत्युसम्मको जीवन पद्धती संस्कार संस्कृति सिक्ने अवसर पाएको बताउँदै शिक्षा र स्वास्थ्यमा पनि त्यतिकै काम भएको बताउनुभयो । कार्यक्रम १० नं वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको सभापतित्वमा भएको कार्यक्रममा गौतम प्रसाद लासिव, लक्ष्मीप्रसाद चवाल, जितेन्द्र मुनाकर्मीले पनि बोल्नुभएको थियो भने विभिन्न संघसंस्थालाई धन्यवाद पत्र प्रमुख अतिथिले वितरण गर्नुभयो ।

Comments