बालकुमारी योग साधना केन्द्रमा पुनः पूर्णकेशरी श्रेष्ठ


पुष ९, २०८१, मङ्गलबार | विहान १०:२२ बजे | 30


बालकुमारी योग साधना केन्द्रमा पुनः पूर्णकेशरी श्रेष्ठ

सागर गुरागाईं
मध्यपुर थिमि
पतञ्जली योग समिति अन्तर्गत बालकुमारी योग साधना केन्द्र मध्यपुर थिमिको संयोजकमा पुनः पूर्णकेशरी श्रेष्ठ चयन हुनु भएको छ ।
केन्द्रको नवौं वार्षिकोत्सव एवं पदस्थापन कार्यक्रममा आगामी दुईवर्षका लागि सह संयोजकमा तुईलाल भासिमा, मनोनित सह संयोजक पुष्प बहादुर रञ्जित, सचिवमा सुष्मा श्रेष्ठ, कोषाध्यक्षमा अनिता सिहं श्रेष्ठ चयन हुनु भएको छ । त्यसैगरी मिडिया प्रभारीमा रोशन श्रेष्ठ र कार्यसमिति सदस्यहरुमा तुल्सीराम श्रेष्ठ, लक्ष्मण नापित, मनिषा बस्नेत, बैकुण्ठनाथ श्रेष्ठ, भीम श्रेष्ठ, अनिता खरेल, निर्मला श्रेष्ठ, मीना श्रेष्ठ, अम्बिका के.सी.र सीता भण्डारी हुनुहुन्छ । 
वि.सं.२०७२ साल कार्तिकदेखि शंखधर बैंक्वेटमा नियमित भइरहेको बालकुमारी योगसाधना केन्द्रका पूर्व संयोजकहरु तुल्सीकृष्ण श्रष्ठ, इन्द्रकृष्ण श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । शंखधर बैंक्वेटका अध्यक्ष सत्यसुन्दर श्रेष्ठ र सहयोगी विष्णु तामा»लाई पनि सम्मान गरिएको कार्यक्रममा पतञ्जली योग समिति भक्तपुरका अध्यक्ष नित्यनाथ श्रेष्ठ, महिला पतञ्जली भक्तपुरकी अध्यक्ष सुनिता श्रेष्ठ, युवा पतञ्जली भक्तपुरका अध्यक्ष विकास बज्राचार्य, मध्यपुर थिमि नगरअध्यक्ष तुल्सीकृष्ण श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले योग, ध्यान र साधनाबाट हाम्रो शारीरिक एवं मानसिक स्वास्थ्य राम्रो हुने धारणा सहित शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 
पूर्णकेशरी श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा मध्यपुर थिमि भित्र संचालित १८ वटा योग केन्द्र मध्य मध्यपुर थिमिको पुरानो मध्यपुर योग साधनाकेन्द्रका संयोजक हरिसुन्दर लाखे श्रेष्ठले योग, ध्यान र साधनाको महत्व सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व सत्यसुन्दर श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले योगको महत्व सहित शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त अवसरमा योग साधक लक्ष्मण नापितले राष्ट्रिय गीत र साधिका गीता दाहालले कविता वाचन गर्नुभएको थियो । उक्त केन्द्रमा नियमित योगाभ्यास गर्ने सीताराम घतानी, ज्ञानकृष्ण श्रेष्ठ, तुल्सीकेशरी श्रेष्ठ, त्रिपुरा के.सी. र भिमरथारोहन गरिसक्नु भएकी न्हुछेमाया श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । उक्त केन्द्रका पूर्व संयोजक एवं पतञ्जली योग समिति मध्यपुर नगर अध्यक्ष तुल्सीकृष्ण श्रेष्ठले बालकुमारी केन्द्रका ९ वर्षका गतिविधि सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Comments