युवा बौद्ध पुचः भक्तपुरको स्थापना दिवस मनायो
पुष ७, २०८१, आइतबार | दिउँसो ०३:०५ बजे | 50
युवा बौद्ध पुचः भक्तपुरको ३८ औं स्थापना दिवस मनाएको छ ।
युवा बौद्ध पुचःका संस्थापक अध्यक्ष बशन्तरत्न बज्राचार्यले शुभकामना मन्तव्य दिने क्रममा विगत २०४३ सालया पुस ७ गते स्थापना गरि युवाहरूको लागि धेरै काम गरि सकेको बताउनुभयो । उहाँले युवाहरूको व्यक्तित्व विकाका लागि उद्घोषण तालिम दिएर उत्थान गरेको बताउनु भयो ।
युवा बौद्ध पुचःका अध्यक्ष एवं बौद्ध जीवनीकार रत्नसुन्दर शाक्यजुले दीपंकर तथागत बुद्धको मूर्ति अगाडि घ्यःदेवामा दीप प्रज्वलन गर्नु भयो । अध्यक्षज्यूले बुद्धको जन्मभूमिमा नेपालीहरूले बुद्धको शिक्षाको अनुसरण र अनुकरण गर्नु पर्ने बताउनुभयो । स्थापना दिवसको कार्यक्रममा उपाध्यक्ष शाक्यान शाक्यले सबैलाई स्वागत गर्नु भयो भने सचिव तुलसीकाजी मानन्धरले धन्यवाद ज्ञापन गर्नु भयो दिनु भयो । दीपंकर बिहार परिसर दीपावली पनि गरिएको थियोे ।