समदर्शीमा समिति उपसमिति क्षमता अभिबृद्धि सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न


पुष ७, २०८१, आइतबार | विहान १०:३३ बजे | 40


समदर्शीमा समिति उपसमिति क्षमता अभिबृद्धि सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न

भक्तपुर । यस समदर्शी बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको आयोजनामा समिति,उपसमिति क्षमता अभिबृद्धि सम्बन्धी १ दिने अनुशिक्षण कार्यक्रम सिड एण्ड स्पुन अर्गानिक रेष्टुरेण्ट रातोपाटी सुडालमा सम्पन्न भयो ।
कार्यक्रममा सहजकर्ता एवम् संस्थापक अध्यक्ष हरिराम लवजूले सञ्चालक समितिले मापदण्ड बनाएर समिति उपसमिति गठन गरेको र संस्थाको कार्यक्षेत्रमा रहेका १० वडा कै प्रतिनिधि नयाँ पुराना सबैलाई समेतेर उपसमिति  गठन भएको बताउनुभयो । संस्थाका अध्यक्ष विश्वबहादुरले आगामी ४ बर्षको लागि संस्थामा नेतृत्व गर्ने नवगठित समिति उपसमितिलाई संस्थाको अहिलेको अवस्था बारे जानकारी दिनु र समिति उपसमितिले गर्नुपर्ने काम कर्तब्य र पाउने सेवासुविधाको बारेमा जानकारी दिनु कार्यक्रमको मुख्य उद्धेश्य रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष विश्वबहादुर दुवालको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा निवर्तमान अध्यक्ष रामकृष्ण मानन्धरले स्वागत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सचिब लक्ष्मीप्रसाद प्रजापतिले गर्नुभएको थियो । 
संस्थापक अध्यक्ष एवम् प्रबन्ध निर्देशक हरिराम लवजूले पहिलो शेसनमा समदर्शीको  विशेष जानकारीमा राख्नुपर्ने आधारभुत विषयहरु र दास्रो शेसनमा समिति उपसमितिको काम ,कर्तब्य र अधिकार तथा पाउने सेवा सुविधाको बारेमा जानकारीमुलक प्रस्तुतिकरण दिनुभएको थियो । कार्यक्रममा समिति उपसमिति र ब्यवस्थापनबाट  जम्मा ४९ जनाको उपस्थित हुनुभएको थियो ।


Comments