बौद्ध संघ,अनो-दान सम्मान पुरस्कार प्रदान
पुष ६, २०८१, शनिबार | दिउँसो ०२:१५ बजे | 30
बौद्ध संघ भक्तपुरको आयोजनामा नःपुखु बैंक्वेडमा भिक्षु कोण्डन्य महास्थविरज्यूको प्रमुख आतिथ्यत्वमा नेपाल मगर बौद्ध सेवा समिति केन्द्रीय समितिलाई रू.१ लाख नगद र ताम्रपत्र सहित "बौद्ध संघ,अनो-दान सम्मान पुरस्कार प्रदान गरिएको छ ।
समारोहमा प्रमुख अतिथि भिक्षु कोण्डन्यले पञ्चशील प्रदान गर्नुका साथै सम्मान पुरस्कार राखेर संघसंस्थाहरूलाई प्रोत्साहित तुल्याएको बताउनु भयो । त्यस्तै बौद्ध संघसंस्थाहरू समय अनुसार चल्न सके मात्र अगाडि बढ्न सक्ने बताउनु भयो ।
समारोहमा निर्णायक टोलिका संयोजक धर्मसुन्दर बज्राचार्यले नेपाल मगर सेवा समिति, केन्द्रीय समितिलाई छनोट प्रक्रियाको बारेमा बताउनु भयो । त्यस्तै अर्का निर्णायक टोलीका सदस्य तथा बौद्ध विद्वान शाक्य सुरेनले विगतको मगर,गुरूङ, थारू बौद्ध जागरणको बारेमा ,टिबि पुन,दाता रत्नायन प्रतिष्ठानका अध्यक्ष संघरत्न शाक्य,धर्मरत्न शाक्यले,बौद्ध संघसंस्थाले गर्नु पर्ने बारे बोल्नु भयो ।
समारोह बौद्ध संघ भक्तपुरका अध्यक्ष त्रिरत्न शाक्यको सभापतित्वमा स्वागत मन्तव्य कार्यसमिति सदस्य शाक्यान शाक्यले दिनु भयो, भने धन्यवाद संस्थाका सचिब सुगतरत्न बज्राचार्य धन्यवाद दिनु भयो ।