महेश्वरीको व्यापार मेला आजसम्म ः चर्चित कलाकारहरुले नचाउने


पुष ६, २०८१, शनिबार | विहान ०३:१३ बजे | 45


महेश्वरीको व्यापार मेला आजसम्म ः चर्चित कलाकारहरुले नचाउने

भक्तपुर । यही मंसिर २८ गते पुस २ गतेसम्म भएको  पाँंचदिने भक्तपुर महोत्सव २०८१ को क्रममा भक्तपुरको महेश्वरी खेल मैदानमा भइरहेको व्यापार मेला आज शनिबार सम्पन्न हुँंदैछ । भक्तपुर महोत्सव सुरु भएको दिन मंसिर मंसिर २८ गतेदेखि नै मेला सुरु भएको भए पनि मेला आज मात्रै सम्पन्न हुने भएको हो ।  
मेलाको अन्तिम दिन आज चर्चित कलाकारहरु आउने जनाइएको छ । ती कलाकारहरु  साँस्कृतिक कार्यक्रममा मनोरञ्जन दिलाउन आउने भएका हुन् । कलाकारहरुले मनोरञ्जन दिलाई दर्शकलाई नचाउने छन् । 
मेला भक्तपुर नगरपालिका वडा नं ७ महेश्वरीस्थित महेश्वरी खेल मैदानमा भइरहेको हो । भक्तपुर महोत्सव अन्र्तगत मुख्य ३२ वटा ठाउँहरुमा विभिन्न प्रर्दशनी  भएकोमा त्यसमध्ये भक्तपुर नगरपालिका वडा ७ महेश्वरी खेल मैदानमा व्यापार मेला भएको हो । 
महोत्सवको मुख्य आयोजक भक्तपुर नगरपालिका भए पनि उपयुक्तता अनि आवश्यकता अनुसार नगरपालिकाले विभिन्न संस्थाहरुलाई कामको जिम्मेबारी दिइएको थियो । त्यस अनुसार महेश्वरी खेल मैदान भक्तपुर नगरपालिका वडा नं ७ मा परेकाले महेश्वरीमा हुने व्यापार मेलाको संयोजन वडास्थित भक्तपुर युवा टिम गोल्मढी भक्तपुरलाई दिएको थियो । 
मेलाको सम्पूर्ण खर्च र आम्दानी आयोजक टिम भक्तपुर युवा टिमले नै गर्ने जनाइएको छ । व्यापार मेलामा झण्डै एक सय स्टलहरु रहेका छन् । व्यापार मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, विविभन्न प्रकारका लत्ताकपडाहरु, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामाग्रीहरुको स्टलहरु छन् । 
मेलामा मनोरञ्जनका लागि बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, मिकी माउस, ट्रेम्पालिङ, स्करपियो आदिका साथमा राष्ट्रिय, अन्तराष्ट्रिय, स्थानीय कलाकारहरुको हाँस्यव्यङ्ग्य तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिनदिनै रहेको थियो । महोत्सवमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर, काभ्रे लगायत विभिन्न जिल्लाका वासिन्दाहरुले समेत लाभ लिन सक्ने छन् । 

Comments